गोरखापत्रमा २०७७ साउन र भदौ महिनामा प्रकाशित सामान्य ज्ञान सङ्‌गालो – General Knowledge

 

  1. विश्व बैङ्कद्वारा २०७७ साउन ८ मा जारी नेपाल डेभलपमेन्ट अपडेट अनुसारआर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर कति रहेको उल्लेख छ ? – १.८ प्रतिशत ।
  • तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा कोभिड-१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको बन्दाबन्दीका कारण गत आवमा वृद्धिदर प्रभावित भएको विश्व बैङ्कले जनाएको ।
  • बैङ्कले चालु आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको ।
  1. चीनले मङ्गल ग्रहको अध्ययनका लागि तियानवेन-१ अन्तरीक्ष यान कहिले प्रक्षेपण गरेको हो ? – सन् २०२० जुलाई २३ ।
  • सो यानलाई हेनान प्रान्तस्थित अन्तरीक्ष प्रक्षेपण केन्द्रबाट लङमार्च ५ मार्फत प्रक्षेपण गरिएको।
  • पाँच टन वजनको तियानवेन-१ करिब सात महिनापछि सन् २०२१ फेब्रुअरीमा पृथ्वीमा फर्कने जनाइएको
  • यस मिसनमा एउटा मार्स अर्विटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको ।
  • यी उपकरणको मद्दतबाट मङ्गलग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकले बताएका ।
  1. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको छ ? – काठमाडौँ उपत्यका ।
  • पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आव २०७७/७८ देखि यो प्रणाली सुरु गरिएको।
  • हाललाई विपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदामात्र यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको ।
  • बायोमेट्रिक प्रणाली बिस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागू गरिने ।
  1. ३२औँ ओलम्पिक खेल कहिले र कहाँ आयोजना गरिने भएको छ ? – सन् २०२१ जुलाई २३ -अगस्ट ८, जापान ।
  2. भन्सार विभागद्वारा २०७७ साउन ११ मा सार्वजनिक आव २०७६/७७ को व्यापार तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा कति रहेको छ ? – रु. ११ खर्ब ६४ करोड ।
  • विभागका अनुसार आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा कोरोनाका कारण आयात निर्यात प्रभावित हुन पुग्दा आव २०७६/७७ मा ११ खर्ब ६४ करोड कायम भएको ।
  • समग्र आयात १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको । अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।
  • नेपालले आव २०७६/७७ मा ९६ अर्ब १५ करोड रुपियाँको वस्तु निर्यात गरेको, जुन अघिल्लो आबको तुलनामा ०.९८ प्रतिशतले कम रहेको ।
  • नेपालबाट निर्यात हुने वस्तुको ठूलो हिस्सा पाम तेलले ओगटेको । नेपालले मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम ल्याएर प्रशोधित गरेर भारतमा बिक्री गर्दै आएको ।
  • विभागको तथ्याङ्कअनुसार नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा १४.६९ प्रतिशतको ह्रास आएको ।
  • प्रमुख पाँच व्यापार साझेदार- भारत, चीन, इन्डोनेसिया, अमेरिका, युएई,
  • प्रमुख पाँच आयातित वस्तु- डिजेल, अप्रशोधित फलाम तथा स्टिल, पेट्रोल, एलपी ग्यास, चामल
  • प्रमुख पाँच निर्यातित वस्तु- पाम तेल, भटमासको तेल, गलैँचा, ऊनी कपडा, जुट
  1. सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी (लकडाउन) कहिलेदेखि अन्त्य गरिएको हो ? – विक्रम संवत् २०७७ साउन ७ (विसं २०७६ चैत ११ देखि जारी) ।
  • २०७६ चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी पछिल्लो पटक साउन ६ गते मध्यरातसम्मका लागि जारी थियो ।
  • सङ्क्रमण नियन्त्रणमा रहेको भए पनि जोखिम कायमै रहेकाले औपचारिक बन्दाबन्दी अन्त्य गरिए पनि कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी व्यवस्था यथावत् राखिएको ।
  • चार महिना लामो बन्दाबन्दी अन्त्यको घोषणासँगै सर्वसाधारणलाई राहत महसुस भएको ।
  • विश्वव्यापी प्रभावजस्तै नेपालमा पनि कोरोनाका कारण हरेक क्षेत्र असहज बन्न पुगेको।
  • सरकारले अन्य देशको अनुभव तथा नेपालमा सङ्क्रमणको विद्यमान अवस्था मूल्याङ्कन गरी बन्दाबन्दी अन्त्य गरेकाले अर्थतन्त्र र नागरिक जीवनमा यो निर्णयले सकारात्मक परिणाम दिने अपेक्षा गरिएको।
  1. उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको गठन कहिले गरिएको हो ? – विसं २०७६ फागुन १७ ।
  2. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विभिन्न मुलुकमा शान्ति सेना पठाउने राष्ट्रहरूमा नेपाल कतिऔँ स्थानमा रहेको छ? – चौथो (विसं २०७६ फागुन २३ देखि, यसभन्दा अघि नेपाल पाँचौँ स्थानमा रहेको ।)
  3. कोरोना भाइरसबारे छलफल गर्न विश्व स्वास्थ्य सङ्गठनले स्वीट्जरल्यान्डको जेनेभामा स्वास्थ्य विशेषज्ञ वैज्ञानिकहरूको सम्मेलन कहिले गरेको हो ? – सन् २०२० फेब्रुअरी १२ । (सम्मेलनले कोरोना भाइरस महामारीको औपचारिक नाम कोभिड-१९ तय गरेको ।)
  4. कोभिड-१९ महामारीविरुद्ध लड्नका लागि सार्क आपतकालीन कोषको घोषणा कहिले गरिएको हो ? – सन् २०२० मार्च १५ ।
  5. लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्न नेपाल प्रहरीद्वारा प्रयोगमा ल्याइएको उपकरण एमएआरडीको पूरा रूप के हो ? – मल्टी फङ्सनल अरेस्ट एन्ड रेस्क्यु डिभाइस ।
  6. चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण नेपालमा पहिलो पटक कहिले देखिएको हो ? – विसं २०७६ माघ १० ।
  7. विपत्तिले मानव बनाउँछ भने सम्पत्तिले दानव भन्ने विद्वान् को हुन् ? – भिक्टर ह्युगो।
  8. नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड एक-आपसमा मर्ज भई खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्थापना कहिले भएको हो ? – विसं २०७६ साउन २८ ।
  9. नेपालमा पहिलो पटक ऐतिहासिक संविधानसभाको निर्वाचन कहिले भएको हो ? – विसं २०६४ चैत २८ ।
  10. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ? – आव २०७६/७७ ।
  11. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ? – नेपाल (सन् २०२० मार्च) ।
  12. सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ? – सिमसार र जैविक विविधता
  13. आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँमा कहिले गरियो? – विसं २०७६ कात्तिक २६-२८ ।
  14. नेपाल राष्ट्र बैङ्कले व्याजदर करिडोर कहिलेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याएको हो ? – विसं २०७४ कात्तिक २९
  15. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने आधुनिक कवि भनी कसलाई चिनिन्छ ? – गोपालप्रसाद रिमाल ।
  16. नारायणहिटी दरबार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ? – विसं २०७५ कात्तिक ४ । (विसं २०७५ असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरे सँगै नयाँ व्यवस्थाअन्तर्गत कात्तिक ४ गतेबाट श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला गरिएको ।)
  17. सत्यनिरूपण तथा मेलमिलाप आयोगको स्थापना कहिले गरिएको हो ? – विसं २०७१ माघ २६ ।(बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको स्थापना पनि २०७१ माघ २६ मा नै भएको ।)
  18. सार्वजनिक खरिद नियमावली-२०६४ को नवौँ संशोधन कहिले भएको हो ? – विसं २०७६ पुस १४ ।
  19. नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ? – विसं २०२२ ।
  • नेपालमा प्रथम औद्योगिक गणना विसं २०२२ मा गरिएको ।
  • औद्योगिक गणना प्रत्येक पाँच-पाँच वर्षमा गरिने ।
  • २०७६ फागुन १५ देखि ११औँ औद्योगिक गणना सुरु भएको ।
  1. नेपालमा कहिलेसम्म दादुरा-रुबेला रोग उन्मूलन गर्ने सरकारी योजना रहेको छ ? – सन् २०२३ भित्र ।
  2. पेट्रोलियम अर्थात् खनिज तेलको मूल्यका सम्बन्धमा रूस र साउदी अरबबीच चलेको युद्धलाई के भनी चिनिन्छ? – प्राइस वार ।
  3. वैदेशिक व्यापारमा भन्सार विभागद्वारा लागू गरिएको निकासी पैठारीका लागि पहिचान हुने नम्बरलाई के भनिन्छ? – एक्जिम कोड ।
  4. स्वीट्जरल्यान्डको डाभोसस्थित वर्ल्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड-२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ? – प्रदीप परियार ।
  5. राष्ट्रपतिको कार्यकाल लम्ब्याउन सकिने प्रावधानसहित रूसको संसद्ले संविधान संशोधन प्रस्तावलाई कहिले स्वीकृति प्रदान गरेको हो ? – सन् २०२० मार्च ११ ।
  • संशोधित प्रावधानअनुसार राष्ट्रपति भ्लादमिर पुटिनको कार्यकाल अरू १२ वर्ष थपिन सक्ने भएको ।
  • राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुँदैछ । नयाँ प्रस्तावअनुरूप सन् २०२४ पश्चात् अरू १२ वर्ष राष्ट्रपति हुन पाउनेबाटो खुलेको ।
  • दुईपटक चार वर्षे कार्यकाल राष्ट्रपति भएपछि सन् २००८ मा प्रधानमन्त्री बनेको र राष्ट्रपतिमा उहाँकै विश्वासपात्र दिमित्री मेद्भे देव छनोट भएका । तत्कालीन राष्ट्रपति मेद्भे देवको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको । सन् २०१२ मा पुटिन पुनः राष्ट्रपति चयन भएका र सन् २०१८ मा उनी फेरि ६ वर्षका लागि राष्ट्रपति बनेका ।
  • रूसको तल्लो सदन डुमाले गरेको संशोधन प्रस्तावले सरकारको कार्यकारी शक्ति अरू मजबुत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्र थप व्यापक बन्ने भएको ।
  1. बाग्मती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गरियो ? – प्रा.डा. विश्वराज जोशी
  • वाग्मती प्रदेशको २०७७ साउन १४ को मन्त्रिपरिषद् बैठकले जोशीलाई चार वर्षका लागि प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको ।
  • २०७६ जेठमा प्रदेशसभाले प्रतिष्ठान सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै प्रतिष्ठान स्थापनाको बाटो खुलेको थियो ।
  1. स्टेफेन टाटाव कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ? – फुटबल
  • सन् १९९० मा भएको फिफा विश्वकपमा क्यामरुनलाई क्वार्टर फाइनलसम्म पुर्‍याएका टोलीका पूर्वकप्तान टाटावको ५७ वर्षको उमेरमा सन् २०२० अगस्टमा निधन भएको ।
  • सो विश्वकपमा टाटावको कप्तानीमा क्यामरुनले शानदार खेल प्रस्तुत गरेको । अर्जेन्टिना, रोमानिया र कोलम्बियालाई हराएर सो विश्वकपमा क्यामरुनले सनसनी मच्चाएको थियो ।
  1. आर्थिक वर्ष २०७६/०७७ सम्म प्रत्येक नेपालीको भागमा सरकारी ऋण कति पुगेको छ ? – रु. ४२ हजार छ सय
  • नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको ।
  • सरकारको २०७७ असार मसान्तसम्ममा आन्तरिक ऋण ६ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो ।
  • सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण १२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको ।
  • तथ्याङ्क विभागका अनुसार हाल नेपालको जनसङ्ख्या तीन करोड ३८ हजार पुगेको छ ।
  • कुल ऋणलाई जनसङ्ख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार छ सय रुपैयाँ सरकारी ऋण पुगेको छ ।
  • यसखालको ऋणमा सरकारद्वारा हरेक वर्ष बजेटमै व्यवस्था गरेर ऋणको साँवा-व्याज भुक्तानी गर्ने गरिन्छ।
  1. राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार कक्षा ११ मा लिइने परीक्षालाई के नामकरण गरिएको छ ? – माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई)
  • कार्यविधिअनुसार विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख ।
  • अब कक्षा ११ को परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्ने छ ।
  1. इन्डोनेसियाको हालको राजधानी परिवर्तन गरी कहाँ सार्ने निर्णय भएको छ ? – बोर्नियो (सन् २०१९ अगस्ट १८ मा राजधानी सार्ने प्रस्ताव गरिएको र सन् २०१९ अगस्ट २७ मा प्रस्तावउपर निर्णय भएको ।)
  2. मन्त्रिपरिषद्को २०७७ साउन १९ को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कसलाई नियुक्त गर्ने निर्णय गर्‍यो ? – सुशील भट्ट
  3. हाल नेपालमा पिछडिएको क्षेत्रमा सूचीकृत स्थानीय तह कति रहेका छन् ? – ५७
  4. ललितपुर महानगरपालिकामा साइकल लेनको शुभारम्भ कहिले गरिएको हो ? – वि.सं. २०७६ मङ्सिर १५
  5. अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्‌बाट अलग हुने घोषणा कहिले गरेको हो ? – सन् २०१८ जुन १९
  6. कान्तिपुर टेलिभिजनबाट प्रसारित रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणको उपाधि जित्ने प्रतिभा को हुन् ? – धादिङका हिमेश पन्त
  7. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ? -फागुन ७
  • विसं २०७६ फागुन ७ गते चौथो निर्वाचन दिवस मनाइएको ।
  • विसं २०१५ मा पहिलो बहुदलीय संसदीय निर्वाचन सुरु भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको ।
  1. संयुक्त राष्ट्रसङ्घद्वारा शरणार्थी र आप्रवासीसम्बन्धी पहिलो सम्मेलन कहिले आयोजना गरियो ? – सन् २०१६ सेप्टेम्बर
  2. राष्ट्रिय योजना आयोग र युनिसेफद्वारा संयुक्त रूपमा गरिएको अध्ययनअनुसार नेपालमा हाल उत्पादनशील अर्थात् १४ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्याको हिस्सा कति रहेको छ ? – ६२.६८ प्रतिशत
  3. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सबै मन्त्रीहरूसँग पहिलो पटक कार्यसम्पादन सम्झौता कहिले गरिएको हो? -विसं २०७६ साउन १५
  • सम्झौताको आधार वार्षिक बजेट र सरकारको नीति तथा कार्यक्रम रहेको ।
  • करार अनुसार काम भए नभएको अनुगमन प्रधानमन्त्री कार्यलयले गर्ने ।
  1. इन्डो-प्यासिफिक रणनीति कुन देशको नेतृत्वमा सञ्चालित कार्यक्रम हो ? – अमेरिका (विश्व अर्थराजनीतिमा चीनको उदय भएसँगै एसियाली अर्थ राजनीतिमा अमेरिकी प्रभुत्व कायम गर्ने उद्देश्यसाथ अमेरिकाद्वारा अवलम्बन गरिएको वैदेशिक नीति ।)
  2. समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हिर्काएर मार्न सकिने कडा व्यवस्थासहितको नयाँ इस्लामिक (सरिया) कानुन लागू गर्ने राष्ट्र कुन हो ? – ब्रुनाई, सन् २०१९ अप्रिल ३
  3. चर्चित अनलाइन गेम पब्जी का डिजाइनर को हुन् ? – ब्रेन्डन ग्रिन
  • यो खेल सन् २०१७ मार्चदेखि सुरु भएको । पीयुबीजी (पब्जी) को पूरा रूप प्लेयर अननोन्स् ब्याटल ग्राउन्ड हो ।
  1. संयुक्त राष्ट्रसङ्घीय वातारणसम्बन्धी पृथ्वी पुरस्कार प्राप्त गर्ने नेपाली प्रतिभा को हुन् ? – सोनिका मानन्धर (सन् २०१९ सेप्टेम्बर २६ मा न्युयोर्कमा आयोजित पृथ्वी समारोह को अवसरमा प्रदान गरिएको ।)
  2. प्रथम एसियाली सभ्यता संवाद सम्मेलन कहिले र कहाँ आयोजना गरियो ? – सन् २०१९ मे, बेइजिङ (चीन)
  3. कुन चरालाई पत्नीव्रता चरा भनी चिनिन्छ ? – राजधनेश
  • संरक्षित पक्षीको सूचीमा रहेको यो चराको सङ्ख्या नेपालभर १५० जति रहेको अनुमान ।
  • गुँड निर्माण तथा ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला, बूढा रूखको टोड्कामा गुँड बनाउँछ ।
  • अण्डा पारे पछि पोथीलाई भाले राजधनेशले बच्चा नहुर्कुञ्जेलसम्म टोड्को भित्र रहेको गुँडमा नै थुनेर राख्छ
  • ओथारो अवधिभर पोथीलाई र बच्चा निस्के पछि बच्चालाई समेत भालेले नियमित रूपमा बाहिरबाट आहारा खुवाउने गर्छ ।
  1. सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भनी संविधानको कुन धारामा उल्लेख छ ? – धारा २३२
  2. प्रस्तावित चराङ विमानस्थल कहाँ पर्दछ ? – मुस्ताङ
  3. विश्वमै देशको राजधानी सहरबाट सबैभन्दा निकटमा अवस्िथत राष्ट्रिय निकुञ्ज कुन हो? – शिवपुरी राष्ट्रिय निकुञ्ज
  4. एक नर्स, एक विद्यालय नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ? – बाग्मती प्रदेश
  5. विश्व ट्रेड युनियनको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन-२०१९ कहाँ सम्पन्न भएको हो ? – नेपाल (सन् २०१९ सेप्टेम्वर २४-२५)
  • विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालद्वारा आयोजित सो सम्मेलनमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, दक्षिण कोरिया, भियतनाम, लाओस, कम्बोडिया, इन्डोनेसिया, इरान, काजिकिस्तानलगायत १४ वटा मुलुकका २८ वटा ट्रेड युनियनका तीन दर्जनभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको ।
  • हरेक वर्ष आयोजना हुने यो सम्मेलन नेपालमा यसअघि सन् २००७ मा आयोजना गरिएको थियो ।
  • श्रमिकहरूको आधारभूत आवश्यकता र सामाजिक सुरक्षा सुनिश्चित गर, उत्पादन रोजगारको क्षेत्रमा लगानी गर भन्ने मूल नारासहित आयोजित सो सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरेको ।
  • सम्मेलनले अक्टोबर ३ लाई एसियाव्यापी एक्सन डे का रूपमा मनाउने र विश्वव्यापी रूपमा नै श्रमिक परिचालन अभियान सञ्चालन गर्ने तथा नोभेम्बर ७ का दिन श्रमिकलाई शिक्षा, स्वास्थ्य, आवासलगायत सामाजिक सुरक्षाको प्रत्याभूति गर भन्ने अभियान विश्वव्यापी रूपमा नै सञ्चालन गर्ने निर्णय गरेको ।
  1. सार्क साँस्कृतिक सम्पदा वर्ष २०१६/१७ का लागि साँस्कृतिक राजधानीका लागि छनोट गरिएको सहर कुन हो ? – महास्थानगढ (बङ्गलादेश)
  2. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ? – सतार
  • विषखेला पर्व चौरवा खेल मैदान वरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आफूतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् ।
  • यसरी जसले आफूतिर ताने र विष झार्न सक्छ त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन रहेको छ
  • सतारहरूको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेषगरी झापा जिल्लामा प्रचलनमा रहेको
  1. साउदी अरबले पहिलो पटक पर्यटकलाई प्रवेशाज्ञा दिने घोषणा कहिले गरेको हो? – सन् २०१९ सेप्टेम्बर २७
  • तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अबदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोका रूपमा विकास गर्न लागिएको बताइएको छ ।
  • घुम्नका लागि विदेशी नागरिकलाई खुला गरिए पनि केही सर्त भने कडा बनाइएको छ ।
  • विशेषगरेर महिलाका लागि पहिरनमा आचार संहिता नै बनाइएको अधिकारीहरूले जनाएका छन् ।
  • विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको महसुस गरिएको छ ।
  1. नेपालमा ऊर्जा तथा जलस्रोत दशक भनी कुन अवधिलाई घोषणा गरिएको छ ? – विसं २०७५-२०८५
  2. लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा एमोनियम नाइट्रेट भण्डारण गरिएको गोदामघरमा शक्तिशाली विस्फोट कहिले भयो ? – सन् २०२० अगस्ट ४ ।
  • शक्तिशाली विस्फोटमा परी १३५ भन्दा बढीको ज्यान जानुका साथै चार हजार भन्दा बढी घाइते भएका
  • सो गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको एमोनियम नाइट्रेट भण्डारण गरिएको थियो ।
  1. सबै भन्दा बढी उमेर (९९ वर्ष) मा विमान उडाएर गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने महिला को हुनुहुन्छ ? – रोबिना आस्टी (अमेरिका) ।
  • उहाँले विमान उडाएर र आकाशमै उडान निर्देशन दिएर दुईवटा गिनिज वर्ल्ड रेकर्ड कायम गर्नुभएको ।
  • यसअघि ९८ वर्षको उमेरमा विमान उडाएको कीर्तिमान थियो ।
  1. फ्राइडे फर फ्युचर कार्यक्रमको अभियन्ता को हो ? – ग्रेटा थनवर्ग (स्वीडेन) ।
  2. आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको सङ्ख्या कति रहेको छ ? – ४३ ।
  • आर्थिक वर्ष २०७६/०७७ मा नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड गाभिई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड स्थापना भएको ।
  • कृषि सामग्री कम्पनी लिमिटेडमा राष्ट्रिय बीउविजन कम्पनी लिमिटेड गाभिएको ।
  • दी टिम्बर कर्पोरेसन अफ नेपाल र वन पैदावर विकास समिति गाभिई नेपाल वन निगम लिमिटेड स्थापना भएको ।
  • त्यस्तै, धौवादी फलाम कम्पनी लिमिटेड र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड आव २०७६/०७७ मा स्थापना भएका ।
  • आर्थिक सर्वेक्षण २०७६/०७७ अनुसार २६ संस्थान नाफामा र १३ संस्थान नोक्सानीमा रहेका छन् भने बाँकी संस्थानको कारो बार शून्य रहेको ।
  1. आर्थिक सर्वेक्षण २०७६/०७७ अनुसार हाल नेपालमा हुलाक बचत बैङ्कका कार्यालयहरू कति रहेका छन् ? -६५ ।
  2. आर्थिक सर्वेक्षण २०७६/०७७ अनुसार नेपालमा नवीकरणीय ऊर्जा स्रोतबाट प्राप्त विद्युत् पहुँच पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ? – १० प्रतिशत ।
  3. विश्वमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्रदान गर्ने पहिलो राष्ट्र नेदरल्यान्ड हो भने पहिलो एसियाली राष्ट्र कुन हो ? – ताइवान ।
  4. संयुक्त राष्ट्रसङ्घद्वारा प्रत्येक वर्ष सार्वजनिक सेवा दिवस कहिले मनाउने गरिन्छ ? – जुन २३ ।
  5. अन्तर्राष्ट्रिय अणु शक्ति आयोगको प्रधान कार्यालय कहाँ छ ? -भियना (अस्ट्रिया) ।
  6. ग्लोबल-५०० पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हो ? – डा. कृष्णकुमार पाण्डे ।
  7. विसं २०७५ भदौ १ बाट लागू भएको देवानीसंहितामा कति भाग रहेका छन् ? – ६ भाग ।
  8. मदन पुरस्कार २०७६ का लागि मदन पुरस्कार गुठीद्वारा छनोट गरिएका पुस्तक के-के हुन् ? – जोकरको बन्दुक (विमल निभा), धर्सै धर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्ता (भुवन ढुङ्गाना), महारसनिघण्टु (खण्ड १-३) (योगी धर्ममहारस), महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ (ललित विष्ट) र यात्रामा (शारदा शर्मा) ।
  9. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने प्रथम सार्क राष्ट्र कुन हो ? – माल्दिभ्स, (नेपालद्वारा सन् २०१६ अक्टोबर २४ मा अनुमोदन) ।
  10. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरियो ? – विसं २०७६ असार १८, ठमेल (काठमाडौँ)
  11. हाल नेपालमा सङ्घ, प्रदेश र स्थानीय तह गरी कतिवटा सरकार रहेका छन् ? – ७६१ (सङ्घ-१, प्रदेश-७ र स्थानीय तह-७५३)
  12. विसं २०७३ असोज १० मा नेपालको पहिलो योग जिल्ला भनी कुनलाई घोषणा गरियो ? – भक्तपुर ।(यहाँ ५० देखि ६० प्रतिशत जनता कुनै न कुनै रूपमा योगमा आबद्ध भएको आँकलन गरिएको ।)
  13. नेपाल सरकारद्वारा आयात-निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ? – नेपाल ट्रेड
  14. सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकको रक्षार्थ सञ्चालित स्वयम्सेवी सङ्गठनलाई के भनी चिनिन्छ ? – ह्वाइट हेल्मेट्स ।
  15. नेपालले पर्यटन दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ? – सन् २०२०-२०३० ।
  16. फोर्ब्स म्यागजिनद्वारा सार्वजनिक सर्वाधिक मूल्यवान स्पोटर्स टिमको सूचीमा पहिलो स्थानमा पर्न सफल खेलकुद क्लब कुन हो ? – अमेरिकाको रग्वी क्लब डलास काउब्वाएज ।
  17. भिक्टोरिया ताल अफ्रिकामा पर्छ भने भिक्टोरिया नदी कहाँ पर्छ ? – अस्ट्रेलिया ।
  18. राष्ट्रिय सतर्कता केन्द्र कुन मन्त्रालयअन्तर्गत पर्छ ? – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।(प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल ट्रस्टको कार्यालय, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग रहेका।)
  19. डीएफआईडी को पूरा रूप के हो ? – डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट ।
  • बेलायती अन्तर्राष्ट्रिय सहयोगदाता संस्थाका रूपमा रहेको यसलाई पहिले युके एड भनिन्थ्यो ।
  • बेलायतबाट प्रदान गरिने सहयोग फरेन एन्ड कमन वेल्थ अफिसबाट हुँदै आएकोमा सन् १९९७ देखि डीएफआईडी गठन गरी सो सम्बन्धी कार्य यसमार्फत गर्न थालिएको ।
  • नेपालमा डीएफआईडीको कार्यालयको स्थापना सन् १९९९ अप्रिलमा भएको ।
  1. नेपालमा विज्ञान दिवस कहिलेदेखि मनाउन थालिएको हो ? – विसं २०७० (असोज १) ।
  • विसं २०६९ मङ्सिर ८ को मन्त्रिपरिषद् बैठकले असोज १ गतेका दिनलाई विज्ञान दिवसका रूपमा मनाउने निर्णय गरेको ।
  • विसं २०७६ असोज १ मा सातौँ विज्ञान दिवस मनाइएको ।
  • सातौँ विज्ञान दिवसको नारा विज्ञान प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रूपान्तरण रहेको ।
  1. विश्व वन्यजन्तु कोषको स्थापना कहिले भएको हो ? – सन् १९६१ अप्रिल २९ ।
  • कोषको आदर्श वाक्य फर अ लिभिङ प्लानेट रहेको ।
  • वन्य जीवजन्तुको संरक्षण कार्यमा सक्रिय यस संस्थाको मुख्यालय स्वीट्जरल्यान्डको ग्यान्डमा रहेको ।
  • यसको प्रतीक चिह्नमा दुर्लभ प्राणी रेडपान्डा रहेको ।
  1. नेपालमा एल्लो लिभिङ गोल्ड भनेर चिनिने बहुमुल्य जडीबुटी कुन हो ? – यार्सागुम्बा ।
  2. विश्वको सबैभन्दा अग्लो मूर्ति कुन हो ? – स्ट्याचु अफ युनिटी ।
  • भारतका लौहपुरुष एवम् स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री सरदार बल्लभभाइ पटेलको सो मूर्तिको उचाइ १८२ मिटर (५९७ फिट) रहेको ।
  • गुजरात राज्यमा रहेको सो मूर्तिको निर्माणकार्य सन् २०१३ मा सुरु गरी सन् २०१८ मा सम्पन्न भएको
  • मूर्तिका डिजाइनर जोसेफ मेना रहनु भएको ।
  1. विश्व मौसम सङ्गठनकाअनुसार सामान्यतया कति अवधिको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ ? – ३० वर्ष ।
  2. नेपालका सरिसृप विशेषज्ञ भनी करणबहादुर शाहलाई चिनिन्छ भने गैँडा विशेषज्ञ भनी कसलाई चिनिन्छ ? – कमलजङ्ग कुँवर ।
  3. नेपालमा ऐतिहासिक जनमतसङ्ग्रह कहिले भएको थियो ? – विसं २०३७ वैशाख २० ।
  • विसं २०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्रबाट बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत भन्ने विषयमा राष्ट्रिय जनमतसङ्ग्रह गरिने घोषणा भएको थियो ।
  • विसं २०३७ वैशाख २० मा भएको जनमतसङ्ग्रहमा पञ्चायतको पक्षमा ५४.७९ प्रतिशत र बहुदलको पक्षमा ४५.२१ प्रतिशत मत प्राप्त भएको थियो ।
  1. नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म राष्ट्रिय ग्रिडमार्फत कति प्रतिशत घर परिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ ? – ८६.४४ प्रतिशत ।
  • सौर्य, लघु जलविद्युत् लगायतबाट गरिएको विद्युतीकरणसमेत गर्दा अहिले ९० प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले जनाएको ।
  • सन् २०२२ भित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्‍याउने र प्रतिव्यक्ति विद्युत् खपत ७ सय युनिट पुर्‍याउने सरकारको लक्ष्य रहेको ।
  • हाल प्रतिव्यक्ति ऊर्जा खपत २ सय ६० युनिट रहेको ।
  1. भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा कहिले गर्नुभयो ? – सन् २०२० अगस्ट १५ ।
  • धोनी नेतृत्व र सफलताको दृष्टिकाणले भारतको सर्वाधिक सफल कप्तानमा पर्नुहुन्छ ।
  • भारतीय राष्ट्रिय टोलीको नेतृत्व गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को तीन ठूला प्रतियोगिताको उपाधि जितेका छन् ।
  • उहाँले आफ्नै नेतृत्वमा भारतलाई आईसीसीको टेस्ट वरियताको शीर्षस्थानमा समेत पुर्‍याउनुभएको थियो ।
  • धोनीलाई सीमित ओभरको क्रिकेटमा उत्कृष्ट फिनिसर र तीक्ष्ण दिमाग भएका खेलाडीका रूपमा लिइन्छ।
  • राँचीका धोनीले सन् २००४ मा भारतीय टोलीमा पहिलो पटक पर्नुभएको थियो ।
  • धोनीसँगै अर्का भारतीय खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा (१५ अगस्ट २०२०) गर्नुभएको ।
  1. आख्यान एवम् गीत लेखनका विभिन्न १७ विधामा विश्व कीर्तिमान कायम गर्न सफल नेपाली प्रतिभा को हुनुहुन्छ? – डा. डीआर उपाध्याय ।(डीआर म्युजिक एन्ड क्रिएसनद्वारा विक्रम संवत् २०७७ साउन २५ मा राजधानीमा आयोजित १७ वटा कीर्तिमान हस्तान्तरण एवम् एल्बम विमोजन कार्यक्रममा डा. उपाध्यायद्वारा प्राप्त कीर्तिमानबारे जानकारी गराइएको ।)
  2. सन् २०२० अगस्ट १२ मा मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसको नारा के हो ? – युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन । (राष्ट्रिय नाराः विश्व अभियानका लागि युवा सहभागिता, रोजगार, प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता)
  3. नेपालको कुन ठाउँमा सुनौला रङको कछुवा फेला परेको छ ? – जनकपुर ।
  • सन् २०१८ अप्रिल १४ का दिन जनकपुरमा यो कछुवा पहिलो पटक देखिएको थियो ।
  • विश्वव्यापी अध्ययन गर्न र पुष्टि गर्न भने दुई वर्ष लागेको ।
  • नेपालमा सुनौलो रङ भएको कछुवा पहिलो पटक अभिलेख भएको पुष्टि गर्दै हर्पेटो नोट्समा २०२० अगस्ट ६ मा अध्ययन प्रतिवेदनका रूपमा छापिएको ।)
  1. चेपाङ सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको ? – राक्सिराङ, मकवानपुर ।
  2. नेपालको अद्यावाधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ? – विसं २०७७ साउन ३० ।
  • नापी विभागद्वारा तयार पारिएको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालद्वारा स्वीकृत गरिएको ।
  • अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसङ्घ, कूटनीतिक नियोग तथा समग्र अन्तर्राष्ट्रिय जगत्मा पठाउन बाटो खुलेको ।
  • विगतमा विभिन्न कारणले छुट्न पुगेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा २०७७ जेठमा प्रकाशन गरिएको थियो ।
  1. कोरोना भाइरस विरुद्धको खोप तयार पारिएको घोषणा गर्ने पहिलो राष्ट्र कुन हो ? – रूस (सन् २०२० अगस्ट ११) ।
  • रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको खोप रूसले बनाएको घोषणा (सन् २०२० अगस्ट ११ मा) गरेको ।
  • सो खोपलाई स्पुतनिक भी (रूसको पहिलो उपग्रह स्पुतनिकबाट) नामकरण गरिएको ।
  • मस्को स्थित गेमेलिया रिसर्च इन्स्टिच्युटले एडेनो भाइरसलाई आधार बनाई यो खोप विकास गरेको ।
  1. अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार बन्ने भारतीय मूलको महिला को हुन् ? – कमला हैरिस ।
  2. अस्टिमकी चाड कुन जातिमा प्रचलनमा रहेको छ ? – थरू ।
  • महिला व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अस्टिम्की चाड मनाउने परम्परा थारू समुदायमा रहेको ।
  • चाडको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा)का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्रहरू कोर्ने परम्परा रहेको ।
  • चाडको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी/खोलामा सेलाउने गरिन्छ ।
  • नदी/खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ ।
  • खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छ। सो परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली) का रूपमा दिने चलन छ ।
  1. सन् २०२० अगस्टमा श्रीलङ्काको प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुनुहुन्छ ? – महिन्दा राजापाक्षे ।
  • उहाँले सन् २०२० अगस्ट ९ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको ।
  • श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् राष्ट्रपति महिन्दा राजापाक्षे यो सहित चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएको ।
  • राजापाक्षेको दल पोदुजाना पेरामुनाले सन् २०२० अगस्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसद्‌मा १४५ स्थानमा जित हासिल गरेको ।
  • श्रीलङ्काको इतिहासमा भाइ गोटावाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकको दुई सर्वोच्च राजनीतिक पदमा पुग्न सफल भएको ।
  1. विश्वकै सबै भन्दा अग्लो जिराफ कहाँ रहेको छ ? – अस्ट्रेलिया ।
  • अस्ट्रेलियाको किन्सल्यान्डस्थित चिडियाखानामा रहेको सो जिराफ विश्वकै सबै भन्दा अग्लोभएको गिनिज वर्ल्ड रेकर्डले घोषणा (सन् २०२० अगस्ट) गरेको ।
  • सो जिराफको उचाइ १८ फिट ८ इन्च रहेको ।
  1. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? – एकराज शमशेर र ब्रह्मशमशेर ।
  2. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ? – वि.सं १९६१ माघ ।
  3. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ? – पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली ।
  4. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ? – एक ।
  5. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ? – सुवानन्द दास ।
  6. टिमको सबै भन्दा लोकप्रिय र सिपालु खेलाडीलाई के भनी चिनिन्छ ? – मार्की खेलाडी ।
  7. सरकारले सात प्रदेशका कति स्थानमा एकीकृत बस्ती निर्माण गर्ने भएको छ ? – ८ ।
  • अव्यवस्थित सहरी विकासले सहरको सौन्दर्य गुम्नुको साथै बस्ती बसिसके पछि पूर्वाधार निर्माण गर्न पनि खर्चिलो र झन्झटिलो हुने भन्दै सो कुरालाई व्यवस्थित गर्ने उद्देश्यसाथ एकीकृत बस्ती विकास गरिने भएको
  • सहरी विकास तथा भवन निर्माण विभागका अनुसार एकीकृत बस्तीका लागि छानिएका स्थानमा पहिलो चरणमा सडक र ढल निर्माणका साथै केही स्थानमा हाटबजार पनि विकास गरिने भएको ।
  • पहिलो चरणमा निर्माण गरिने हाटबजार, सडक र ढल निर्माण गर्नका लागि र २ अर्ब ६७ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको ।
  • एकीकृत बस्ती विकासका लागि छनोट गरिएका आठ स्थानहरूः-

प्रदेश १- ओखलढुङ्गाको रामपुर,  प्रदेश २- रौतहटको भवानीपुर,  बागमती प्रदेश- सिन्धुलीको कपिलाकोट,  गण्डकी प्रदेश- बागलुङको बलेवा,

प्रदेश ५- रोल्पाको माडीचौर,  कर्णाली प्रदेश- मुगुको गमथा,  सुप प्रदेश- बझाङको चौरजहारी र बाजुराको मार्तडी

  • सरकारले दिनुपर्ने सार्वजनिक सेवाका आधारभूत पूर्वाधार एकै स्थानमा निर्माण गरी त्यस स्थानमा बस्ती विकास गर्ने प्रणाली नै एकीकृत बस्ती विकास हो ।
  • सरकारले बनाएको योजनाअनुसार एकीकृत बस्तीमा सडक, ढल, खानेपानी, विद्युत्, हेल्थपोस्ट, अस्पताल, विद्यालय, सेवाकेन्द्र, बैङ्क तथा वित्तीय संस्था, उद्योग, कल कारखानालगायतका १५ देखि २० किसिमका सामाजिक, आर्थिक, साँस्कृतिक पूर्वाधारहरू निर्माण गरिने ।
  1. सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु गरेको हो ? – विसं २०७१ मङ्सिर १४ ।
  • सर्वोच्च अदालतमा दर्ता गरी तारेखमा बसेका मुद्दाका पक्षहरूलाई सुविधा प्रदान गर्ने उद्देश्यले सर्वोच्चमा नआईकनै आफूलाई पायक पर्ने नजिकको जिल्ला अदालत वा पुनरावेदन अदालतबाट अनलाइन तारेख लिन सक्ने व्यवस्था गरिएको ।
  • तत्काल देशभरिका ३१ जिल्ला अदालत तथा नौ पुनरावेदन अदालतमा लागू गरिएको यो सेवापश्चात् तारेखपिच्छे राजधानी आउनुपर्ने र अनावश्यक खर्च हुने पीडाबाट सर्वसाधारणलाई राहत हुने ।
  • यसका साथै मुद्दाको दर्ता नम्बर, दर्ता मिति, पेसी मिति, आदेश वा फैसलाको जानकारी मोबाइल एसएमएसबाटै उपलब्ध हुने व्यवस्था गरिएको ।
  1. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ? – काभ्रे पलाञ्चोक ।
  • सो सर्वेक्षणअनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः स्याङ्जा र सिन्धुपाल्चोक रहेका ।
  • सर्वेक्षणमा ५० बोटभन्दा धेरै खेती गर्ने कृषकहरूलाई व्यावसायिक खेती गर्ने कृषकका रूपमा सूचीकृत गरिएको ।
  • सर्वेक्षणअनुसार कफी खेती गर्ने किसान ६,३४६ रहेका ।
  • कफी उत्पादनमा प्रदेश नं. ३ पहिलो स्थानमा रहेको ।
  • तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदैआएको ।
  1. इनर्जी बैङ्किङको अवधारणाअनुरूप नेपालमा उत्पादित बिजुली भारत निकासीको सुरुवात कहिले गरियो ? – विसं २०७६ असार २७ ।
  2. डीएएनआइडीए (डानिडा)को पूरा रूप के हो ? – डेनिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी ।
  • प्रजातन्त्र, मानवअधिकार, सामाजिक विकास, पर्यावरण एवम् दिगो विकासका क्षेत्रमा विभिन्न राष्ट्रलाई सहयोग प्रदान गर्दै आएको यो संस्थाको स्थापना सन् १९६२ मा भएको ।
  • यसको मुख्यालय डेनमार्कको कोपनहेगनमा रहेको ।
  1. नेपालको इतिहासमा हालसम्मकै लामो संसद् अधिवेशन कति दिन सञ्चालन भएको थियो ? – ३८१ दिन (विसं २०७३ वैशाख २१-२०७४ जेठ ४ सम्म) ।
  2. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्ने उद्देश्यसाथ सञ्चालन गर्न थालेको कार्यक्रम कुन हो ? – ब्रेन पुलिङ ।
  • विदेशमा रहेर विभिन्न विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकलाई नेपालमा आएर नयाँ खोज र अनुसन्धानका लागि प्रेरित गर्न ब्रेन पुलिङ कार्यक्रम सञ्चालन गर्न थालिएको ।
  • सो कार्यक्रमअन्तर्गत जलवायु परिवर्तन, ऊर्जा, वातावरण, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, जनस्वास्थ तथा औषधिविज्ञान, जैविक विविधता, संरक्षण एवम् सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान हुने नास्टले जनाएको ।
  • नास्टले यसअघि फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल कार्यक्रम सञ्चालन गरेको ।
  1. नेपालमा पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ? – सन् १९९६ ।
  • नेपालमा सन् २०१६ मा पाँचौँ राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण सम्पन्न भएको ।
  • नेपालमा प्रत्येक पाँच वर्षमा स्वास्थ्य सर्वेक्षण गरिँदै आएको ।
  1. सरकारले २० वर्ष पुराना सवारी साधनलाई कहिलेदेखि सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ? – विसं २०७४ चै त १ ।
  • सरकारको निर्णयअनुसार चैत १ देखि २० वर्ष पुराना सवारीलाई कुनै पनि रुटमा चल्न इजाजत नदिइने यातायात व्यवस्था विभागले जनाएको ।
  • गतवर्ष फागुनदेखि काठमाडौँ उपत्यकामा २० वर्ष पुराना सवारी साधनको सार्वजनिक प्रयोगमा रोक लगाइएको थियो ।
  • यस निर्णयले केही पुराना सवारी साधन हटे पनि धेरैजसो सवारी साधन काठमाडौँ उपत्यकाबाहिर लगेर सञ्चालन भए भने केही सवारी साधन विद्यालयलगायतले निजी सवारीसाधनका रूपमा प्रयोग गरेका थिए तर यसपटक भने सरकारले मुलुकभर नै २० वर्षभन्दा पुराना सवारीसाधनलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको ।
  • पुराना सवारीसाधन हटाएर वायु प्रदूषण केही कम गर्न सकिने बताइएको ।
  • चीन, भारत, बेलायत, फ्रान्स, नर्वे लगायतका मुलुकले सन् २०३० सम्म सबै सवारी साधनलाई विद्युतीय बनाउने घोषणा गरेका ।
  1. सरकारले सुरक्षित मातृत्वसम्बन्धी विशेष अभियान सञ्चालन वर्षका रूपमा कुन वर्षलाई घोषणा गरेको हो ? – विसं २०७५ (वैशाख पहिलो सातादेखि अभियान प्रारम्भ गरिएको ।)
  2. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ? – सन् २००३ नोभेम्बर ४ ।
  • सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको सुरक्षा सम्बन्धमा क्यानडाको मन्ट्रियलमा पारित महासन्धि सन् २००३ नोभेम्बर ४ देखि कार्यान्वयनमा आएको ।
  • हवाई यात्राका सिलसिलामा उत्पन्न हुने जोखिमबाट यात्रीलाई सुरक्षित बनाउन, हवाई यात्राको विश्वसनीयता बढाउन र अन्तर्राष्ट्रिय यात्राका क्रममा हुने क्षतिबापत सुनिश्चित क्षतिपूर्ति दिलाउन यस महासन्धिले सहयोग पुग्ने ।
  • यो महासन्धि व्यक्ति, ब्यागेज तथा कार्गोको पारिश्रमिक लिई हवाईजहाजबाट गरिएका सबै अन्तर्राष्ट्रिय यात्रामा लागू हुने ।
  • यस महासन्धिमा आइकाओका १९१ सदस्य राष्ट्रमध्ये १३१ राष्ट्र पक्षराष्ट्र रहेका ।
  1. विश्वको सबै भन्दा लामो रेल कहाँ रहेको छ ? – अस्ट्रेलिया ।
  • अस्ट्रेलियास्थित फलाम तथा स्टिल उत्पादक कम्पनी बीएचपी बिलिसनद्वारा आफ्नो मालसामान ओसार पसारका लागि सञ्चालनमा ल्याइएको यो रेलमा ६८२ बोगी (डिब्बा) रहेका ।
  • एक पटकमा ८२ हजार टन भार बोक्न सक्ने क्षमतायुक्त यो रेलको लम्बाइ ७.३५३ किलोमिटर बराबर रहेको।
  1. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको हो ? – वि.सं. २०७७ भदौ २ ।
  • वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनु भएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा 100 वर्षमा प्रवेश गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।
  • वि.सं. १९९४ देखि नेपाली साहित्यिक फाँटमा सक्रिय राष्ट्रकवि घिमिरेका गौरी, मालतीमङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत, घामपानी, नयाँ नेपाल, विषकन्या, शकुन्तलालगायतका दर्जनौँ कृति नेपाली समाजमा लोकप्रिय छन् ।
  • राष्ट्रकवि घिमिरेका नेपाली हामी रहौँला कहाँ, गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राती के देखेँ सपनी, झमझम पानी पर्यो असारको रात, सारङ्गी त रेटे पनि बज्छ मिठो धुनलगायत दर्जनौँ कालजयी गीत नेपालीको मनमनमा गुञ्जिएका छन् । उहाँका कृतिहरू राष्ट्रिय भावनाले ओतप्रोत छन् ।
  • नेपाल प्रज्ञा प्रतिष्ठनका आजीवन सदस्य घिमिरेले दुई कार्यकाल उपकुलपति तथा दुई वर्ष कुलपतिका रूपमा रहेर कार्य गर्नुभएको थियो ।
  • उहाँका छ जना छोरी र दुई छोरा हुनुहुन्छ । पहिलो श्रीमती गौरीको २००४ सालमा निधनपछि महाकालीसँग दोस्रो विवाह गर्नुभएको थियो ।
  1. वर्ल्ड बुक अफ रेकर्ड, युके अवार्डबाट सम्मानित नेपाली बाल कराँते खेलाडी को हुन् ? – आर्यन रञ्जित ।

(सानो उमेरमै खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै आर्यनलाई उक्त अवार्डबाट सम्मान गरिएको ।)

  1. भाषा साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७७ मा) कसलाई प्रदान गरियो ?प्रा.डा. दयाराम श्रेष्ठ ।
  • त्यस्तै, ललितकलातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको ।
  • सङ्गीत तथा नाट्य विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार सत्यनारायण चौधरीलाई प्रदान गरिएको । राष्ट्रिय प्रतिभा पुरस्कारको राशी जनही एक लाख र प्रादेशिक प्रतिभा पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको ।
  1. २०७६ सालको महाकवि देवकोटा पुरस्कार कसलाई प्रदान गरियो ? – कवितातर्फ- मोहन सिटौला, निबन्धतर्फ- प्रा. केशव सुवेदी, नाटकतर्फ- पद्मावती सिंह, बाललोकसाहित्यतर्फ- डा. मधुसूदन गिरी र भाषासाहित्यतर्फ- भैरव रिसाल ।
  2. २०७६ सालको गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ? – अभि सुवेदी (नाटकतर्फ) र घनश्याम उपाध्याय कँडेल (कवितातर्फ) ।
  3. २०७६ सालको सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार कसलाई प्रदान गरियो ? – नवराज विक (समाजसुधार अभियानतर्फ, मरणोपरान्त), त्रिभुवनचन्द्र वाग्ले (मानवअधिकारतर्फ) र तिलक परियार (सीप, कला, शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ) ।
  4. रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा सुख्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ? – वि.सं. २०७६ मङ्सिर ४ ।
  • साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो बन्दरगाह निर्माणका लागि एक अर्ब ९८ करोड रुपियाँ लाग्ने अनुमान रहेको ।
  • यो बन्दरगाह निर्माण सम्बन्धमा नेपाल र चीनवीच वि.सं. २०७६ वैशाख २९ मा समझदारीपत्रमा हस्ताक्षर भएको ।
  1. एफटीटीएचको पूरा रूप के हो ? – फाइबर टु द होम ।
  • नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा एफटीटीएचको आरम्भ वि.सं. २०७६ भदौ २३ गते रूपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको ।
  • एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्‍याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको ।
  1. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ? – अमेरिका ।
  2. चीनका राष्ट्रपति सी चिनफिङले वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणा कहिले प्रस्तुत गर्नुभयो ? – सन् २०१३ ।
  • नेपालले वि.सं. २०७४ वैशाख २५ मा ओबीओआरमा हस्ताक्षर गर्ने निर्णय गरेको । सो अनुरूप २०७४ वैशाख २९ मा नेपालका तर्फबाट हस्ताक्षर भएको ।
  • ओबीओआरसम्बन्धी साझेदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी एवं चीनका तर्फबाट राजदूत यु होङले हस्ताक्षर गर्नुभएको ।
  1. पारदर्शिताको प्रवर्द्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ओपन गभर्नमेन्ट पार्टनरसीप (ओजीपी) को स्थापना कहिले गरिएको हो ? – सन् २०११ सेप्टेम्बर २० ।
  • ओजीपीको संस्थापक राष्ट्रहरूमा अमेरिका, मेक्सिको, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र नर्वे रहेका ।
  • यस संस्थामा हाल १५ उपक्षेत्रीय सरकारी संयन्त्रसहित ७५ सदस्य राष्ट्र रहेका ।
  1. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ? – बुरुन्डी (सन् २०१७ अक्टोबर २७) । (सदस्यता त्याग्ने दोस्रो राष्ट्र फिलिपिन्स । फिलिपिन्सले सन् २०१८ मार्च १७ मा सदस्यता त्यागको घोषणा गरेको ।)
  2. कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडकमानव मुक्त घोषणा कहिले गरिएको हो ? – वि.सं. २०७६ माघ ४ ।
  • सो प्रदेशलाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश घोषणा गरिएको
  1. सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ? – वि.सं. २०७६ माघ २९ ।
  • श्रव्यदृश्य सम्मेलन प्रविधिमार्फत प्रत्येक जिल्लाका समन्वय समिति एवं स्थानीय तहले छलफल गर्न सक्ने
  • भिडियो कन्फेन्स प्रविधिले पहिलोपटक नौवटै जिल्लालाई जोडेको साथै यसले संसदीय खुलापन र कानुन निर्माणमा सहयोग पुग्ने जनाइएको ।
  1. प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरेको हो ? – वि.सं. २०७६ फागुन २ ।
  • सो मापदण्डअनुसार प्रदेशको गौरवको आयोजना हुनका लागि कम्तीमा ५० करोड रुपियाँ लगानी हुनुपर्ने र तीनदेखि पाँच वर्षभित्रमा आयोजनाको निर्माण सम्पन्न गरिसक्नु पर्ने । त्यस्तै सहरी क्षेत्रमा कम्तीमा ५० हजार, ग्रामीणक्षेत्रमा १० हजार र गरिबीको रेखामुनि वा सीमान्तकृत जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने भए १० हजार जनसङ्ख्याले लाभ लिन पाउने आयोजनालाई प्रदेश गौरवको आयोजनाका रूपमा लिइने व्यवस्था गरिएको ।
  1. कुन स्थानीय तहमा एक वडा एक तालको अभियानलाई अघि बढाउन थालिएको छ ? – घोराही उपमहानगरपालिका (दाङ) । (घोराही उपमहानगरपालिकाले सिँचाइ र पर्यावरणका लागि विशेष योजना बनाई कृत्रिम ताल निर्माण अभियान सञ्चालन गर्न थालेको ।)
  2. ग्रामी अवार्ड २०२० मा चार अवार्ड जित्दै नयाँ इतिहास रच्ने गायिका को हुनुहुन्छ ? – विली आइलिस ।
  • सन् २०२० जनवरी २६ मा अमेरिकाको लस एन्जलसमा आयोजित ६२ औँ अवार्ड समारोहमा उहाँले उत्कृष्ट नवकलाकार, वर्षको उत्कृष्ट रेकर्ड, उत्कृष्ट एल्बम र पप भोकल एल्बमसहित चार ग्रामी अवार्ड जित्नुभएको ।
  • विली एकैपटक उपरोक्त चार अवार्ड हात पार्ने पहिलो युवती तथा समग्रमा दोस्रो कलाकार बन्नुभएको । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यी विधाका अवार्ड हात पार्नुभएको ।
  • समारोहमा अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाको गीत बिकमिङले अडियो बुक विधामा अवार्ड चुमेको
  • त्यस्तै लेडी गागाको आई विल नेभर लभ अगेनले बेस्ट सङ फर भिजुअल मिडियाको अवार्ड, ट्रेडिसनल पप भोकल एल्बमको अवार्ड लुक नाउले, कन्ट्री सोलो पर्फर्मेन्स राइडको अवार्ड विली नेसनको मी ब्याकहोमले र र्‍याप एल्बमको अवार्ड टाइलरले जितेका ।
  1. नेपाल तथा एसियाली अध्ययन केन्द्र कहाँ छ ? – त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा ।
  • यो संस्था भाषाविज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन-अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।
  • वि.सं. २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि.सं. २०३४ भदौमा तत्कालीन त्रि.वि. ऐन अनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा रूपान्तरण गरिएको ।
  • सिनासले प्रकाशन गर्ने जर्नल विश्वका एक सय १२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा हाल ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको ।
  • त्रि.वि.अन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका ।
  1. सामान्यतया वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लगाइने करलाई के भनी चिनिन्छ ? – अन्तःशुल्क
  • सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ । अन्तःशुल्क कर खासगरी उत्पादकको तहमा र पैठारीमा लगाइन्छ ।
  • अन्तःशुल्क लाग्ने भनी तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा त्यस्ता वस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निष्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बेलामा लाग्ने कर नै अन्तः शुल्क हो ।
  1. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ? – वि.सं. २००२ असोज १ ।
  • नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
  • पहिलो पटक रु. १००, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो ।
  • सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।
  1. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ? – वि.सं. २०४७ चैत ४ ।
  • नागरिक लगानी कोष ऐन, २०४७ अनुसार राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहन गरी पूँजी वृद्धिका साथै लगानीका अवसर बढाउन तथा पुँजीबजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखी कोषको स्थापना भएको ।
  • प्रमुख उद्देश्य- स्वदेश तथा विदेशस्थित नेपाली नागरिकलाई कोषको कार्यक्रममा आबद्ध गर्ने ।
  • सामाजिक सुरक्षणसम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने ।
  • प्राथमिकता प्राप्त क्षेत्रहरू (जलविद्युत् क्षेत्र, पूर्वाधार विकास, उत्पादनशील क्षेत्र, पर्यटन तथा निर्यात प्रवर्द्धन, पुँजीबजारका उपकरणहरू) मा लगानी गर्ने ।
  • कोषको रकम न्यून जोखिमका क्षेत्रमा लगानी गर्ने ।
  • बजार निर्माता तथा शेयरको थोक खरिद विक्री गर्ने ।
  • पुँजीबजार सेवाका उपकरण/औजारहरू प्रभावकारी बनाउने ।
  1. माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति छ ? – १०६१ मेगावाट ।
  • जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत आकर्षक परियोजनाको सूचीमा राखिएको सो आयोजना निर्माणका लागि सरकारले नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई सर्वेक्षण अनुमति प्रदान (२०७६ कात्तिक) गरेको ।
  • मन्त्रिपरिषद्ले गतवर्ष असोजमा सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी मोडलमा निर्माण गर्न सहमति दिएको ।
  • सङ्‍खुवासभामा पर्ने यो आयोजना अरुण तेस्रोभन्दा माथि रहेको ।
  • वि.सं. २०८३ पुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको निर्माण लागत एक खर्ब २० अर्ब रुपियाँ रहेको ।
  • ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैङ्क, युरोपेली लगानी बैङ्कको सहुलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन हुने बताइएको ।
  1. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजकप्रणालीको सुरुवात कहिलेदेखि गरेको हो? – वि.सं. २०७४ मङ्सिर १
  2. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ? – सेन्सस गोश्वारा ।
  • नेपालमा जनगणना वि.सं. १९६८ देखि सुरु भएको ।
  • नेपालमा चौथो जनगणना (वि.सं. १९९८) सम्म हेड काउन्ट (टाउको गन्ती) को रूपमा गणना गर्ने गरिएकोमा पाँचौँ (२००९-११) बाट वैज्ञानिक गणना सुरु गरिएको ।
  • नेपालमा सुरुआती चरणमा सेन्सस-गोश्वाराले जनगणना लिने गरेकोमा वि.सं. २०१८ बाट केन्द्रीय तथ्याङ्क विभागले लिँदै आएको ।
  • वि.सं. २०२८ बाट जनगणनामा कम्प्युटरको प्रयोग गर्न थालिएको ।
  1. नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ? – पाँचवर्षे ।
  • पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८-२०२२) योजना कार्यान्वयन भएको
  1. एसडीजी गोल इन्डेक्स-२०१९ मा नेपाल कतिऔँ स्थानमा छ ? – १०३औँ
  • एसडीजीमा निर्धारण गरिएका लक्ष्यहरूको प्रगतिका आधारमा तयार गरिने यो रेङ्किङमा नेपाल ६३.९ अङ्कका साथ सो स्थानमा रहेको ।
  • अध्ययनमा १२६ देश समेटिएको सो सूचीको पहिलो पाँच स्थानमा क्रमशः डेनमार्क, स्वीडेन, फिन्ल्यान्ड, फ्रान्स र अस्ट्रिया रहेका ।
  • अन्तिम स्थानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, डोमिनिकन रिपब्लिक, कङ्गो र नाइजेरिया रहेका ।
  1. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ? – सन् १९२९ ।
  • सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा विङ्स चलचित्रलाई प्रदान गरिएको थियो । हालसम्म बेनहुरटाइटानिक चलचित्रले सर्वाधिक ११/११ विधामा ओस्कार आवर्ड जित्न सफल भएका छन् ।
  1. सरकारले शिक्षा विभागको नाम परिवर्तन गरी के बनाएको छ ? – शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।
  2. जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि शिक्षा विकास तथा समन्वय एकाइ बनाइएको हो ? – वि.सं. २०७४ चैत २९ ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २८ मा सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो ।
  • मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्ने व्यवस्था गरेको ।
  • देशभर २०१८ सालदेखि जिल्ला शिक्षा कार्यालय रहँदै आएका थिए ।
  1. नेपालमा रामापिथेकसको् अवशेष कहाँ फेलापरेको हो ? – तिनाउ (बुटवल) ।
  • अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीका डा. जे. एच हट्चिसन सहित नेपालको त्रिभुवन विश्वविद्यालयका अन्वेषणकर्ताद्वारा सन् १९७९ देखि १९८२ सम्म गरिएको अन्वेषणअनुसार एक करोड दश लाख वर्ष पुरानो रामापिथेकसको बङ्गारा (दाँत) भेटिएको थियो । उक्त बङ्गाराको डमी बनाएर सर्वसाधारणको प्रदर्शनका लागि त्रिभुवन विश्वविद्यालयको प्राकृतिक सङ्ग्रहालयमा राखिएको छ ।
  • यो जीवाषशेषको पहिचानपश्चात् सन् २०१३ मा नेपालका जीवावशेष भन्ने टिकटमाला जारी गरिएको ।
  • रामापिथेकसको प्रचारप्रसारका लागि तिनाउतट नजिकै रामापिथेकस पार्क निर्माण गरी प्रतीक स्थापना गरिएको छ ।
  • साथै पाल्पा जिल्ला र रूपन्देहीको सङ्गम मानिने सिद्धबाबा धामका दुवै समितिको पहलमा तल्लो सिद्धबाबा धाममा रामापिथेकस वनस्पति उद्यान निर्माणको कार्य पनि

 

(सामग्री साभार गोरखापत्र दैनिक (२०७७ साउन र  भदौ अंकबाट) । गोरखापत्र दैनिकमा प्रसतुतकर्ता- टंक केसी । वहाँलाई धेरै धेरै धन्यवाद ।)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ