बेलायतमा किरात पुमा राईहरूले बार्षिक भेटघाट तथा साकेला मनाए

पूर्व मेजर श्री भुपजित पुमा राई किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं कार्यसमितीको पहिलो साधरण सभा तथा चौधौ बार्षिक भेटघाट कार्यक्रम शनिबार गत ०३ जुन २०२३ को दिन किरात राई हाउस गेम्बल्स लेनमा सम्पन्न भ्यबताको साथ सम्पन्न भयो । बार्षिक रुपमा हुने यो भेटघाट कार्यक्रम कोभिड १९ को ১महामारीपछि Covid Relief रुपमा मनाउने निर्णय गरि […]

पुरै पढ्नुहोस्

पुमा राई : पाछा विभाजन

गणेश पुमा चिन्तन पुमा जातिमा पाछाको अर्थ र महत्व ठूलो छ । पाछाको सामान्य अर्थ खोज्ने हो भने ‘पा’ को अर्थ बाबु र ‘छा’ को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । तर पुमा जातिमा पाछाको अर्थ बृहत छ । यसअर्थमा पाछा शब्दले  किरातीहरुको पूर्वजको सन्तान समूहलाई खुलाउदछ । लोककथा तथा […]

पुरै पढ्नुहोस्

पुमा राई : उत्पत्ति, विकास र बसोबास

गणेश पुमा चिन्तन पुमा जातिको उत्पत्ति र विकास सम्बन्धी स्पष्ट लिपीवद्ध इतिहास पाउन सकिएको छैन । तर यस सम्बन्धी आख्यान र लोककथाहरू भने प्रशस्त मात्रामा चलनचल्तीमा रहेका छन् । तिनै लोककथा र केही छिटफुट अनुसन्धानात्मक ऐतिहासिक विश्लेषणहरूबाट प्राप्त तथ्यहरू यस लेखमा प्रस्तुत गरिएको छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ (यलम्बर) इशापूर्व तेश्रो सताब्दी तिर नेपाल […]

पुरै पढ्नुहोस्

कोरोनाको मनोवैज्ञानिक त्रासबाट बालबालिकालाई कसरी बचाउने ?

रीता लम्साल कोरोना संक्रमणबाट बच्न मास्क लगाउने, समय–समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने विषयमा अधिकांस जानकार छन्। अभिभावकले पनि आफ्ना स–साना छोराछोरीलाई जनस्वास्थ्यका यी मापदण्डका विषयमा जानकारी गराउने र व्यवहारमा उतार्ने काम गरिरहेको पाइन्छ। तर, कोरोना संक्रमणको विषयमा बालबालिकाको उमेर र उनीहरुको मनस्थिती अनुसार कतिसम्म र कसरी सूचना […]

पुरै पढ्नुहोस्

स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय विषयवस्तुको सम्बोधन

रमाकान्त शर्मा नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार तथा दायित्व स्थानीय तहलाई सुम्पिएको छ । संविधानको मर्मअनुसार शिक्षाको व्यवस्थापन गर्नु भनेको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थित गर्न आवश्यक ऐन, नियम निर्माण गर्ने, स्रोत साधनको व्यवस्था गर्ने, शैक्षिक योजना र पाठ्यक्रम निर्माण गर्ने, विद्यार्थीको मूल्याङ्कन गर्ने तथा परीक्षाहरू सञ्चालन गर्ने, प्रमाणपत्र जारी गर्ने, शैक्षिक कार्यक्रमको समीक्षा तथा अध्ययन, […]

पुरै पढ्नुहोस्

किरात पुमा राईहरूको तथ्याङ्‌क सङ्‌कलन गर्न आवश्यक

बिनोद पुमा राई । वि.सं. २०६८ को जनगणनाको तथ्याङ्‌कअनुसार पुमाहरूको कुल जनसङ्ख्या ६,६८६ रहेको पाइन्छ । अबको जनगणना २०७८ मा धेरै हुनेछ भन्ने आशा छ । पहिलाको जनगणनामा पुमा राई नलेखेर राई अथवा पाछाहरू मात्र लेखेर थोरै जनसङ्‌ख्या देखिएको  हुनसक्छ । अर्को कुरा १० बर्ष भित्र केही न केही बढेको पनि हुन्छ। अबको जनगणनामा नभुल्नु […]

पुरै पढ्नुहोस्

जनगणना २०६८ बमोजिम किरात पुमा राईहरूको जनसङ्ख्या स्थिति

श्रीकुमार पुमा राई परिचय सामान्य अर्थमा जनसंख्याले मानिसको कुल संख्यालाई जनाउँछ । तर  विशेष अर्थमा जनसंख्या भन्नाले कुनै निश्चित भूगोल भित्रको कुनै निश्चित समय सीमाभित्र गनिएका वा गिन्ति गरिएका कूल मानिसहरूको संख्या भन्ने बुझिन्छ । त्यसैले नेपालले निश्चित भुगोल र २०६८ ले जनगणना गर्ने तोकिएको समयावधि भन्ने बुझिन्छ । नेपालमा जनगणना वि.सं. १९६८ सालदेखि सामान्यतः […]

पुरै पढ्नुहोस्

कोरोना संक्रमितका लागि स्वस्थ र सन्तुलित खानपान

आरबी बुढाथोकी नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै छ। संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड र आइसियु अभाव भएपछि अधिकांश सर्वसाधारण आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन्। अपत्यारिलो रुपमा ह्वात्तै कोरोनाका बिरामी बढ्न थालेपछि के खाने र कसरी बच्ने भन्ने चिन्ता पनि त्यतिकै थपिएको छ। कोरोना पोजेटिभ हुँदा शरीरमा रोग प्रतिरोधात्मक (इम्युनिटी पावर) क्षमता कम हुने […]

पुरै पढ्नुहोस्

जन्तेढुङ्‌गा गा.पा.को नामकरण पुमा भाषामा गरौं

सेवा, सम्पुर्ण पुमा समुदायमा साईनो अनुसारको । यहाँहरु माझ एउटा कुरा राख्न जमर्को गरें । हाम्रो जन्तेढुंगालाई पुमा भाषामा नामकरण गर्नुपर्छ कि भनेर मेरो सोच पहिलादेखिको थियो तर आज मात्र भन्नु लागिरहेको छु । मलाई एकजना मेरो साथी पत्रकार मनि बान्तवा राई ज्यु (खोटाङ मिडिया) ले पनि सुझाव दिनु भयो- बिनोद सर तपाईहरुले जन्तेढुङ्‌गाको नामकरण […]

पुरै पढ्नुहोस्

मातृभाषा किन बाँच्नुपर्छ ?

नुनुता राई  ।  दाङकी ज्ञानीमैयाँ सेन (८५) को ११ माघमा मृत्यु भएपछि अब कुसुन्डा भाषा बोल्न सक्ने चार जना मात्र छन् । ज्ञानीमैयाँकी बहिनी कमला सेन (खत्री), भाषा अनुसन्धानकर्ता उदय आले, भोजराज गौतम मात्र यो भाषा बोल्न सक्छन् । अरू चार जना भाषा बुझाउँछन् तर, पूर्णरूपमा बोल्न सक्दैनन् । अनुसन्धानकर्ता आले दाङ, तनहूँ, प्यूठान, रोल्पा लगायत आठ […]

पुरै पढ्नुहोस्