लेखक गणेश पुमा चिन्तन सम्मानित

गतिविधि फोटो फिचर

लेखक तथा भाषा संस्कृति अभियन्ता गणेश पुमा चिन्तन सम्मानित भएका छन्। किराया कृष्णकुमारी राई स्मृति पुरस्कार-२०८२ द्वारा उनी सम्मानित भएका हुन्। माघ १ गते किरात यलेदोङ ५०८६ नयाँवर्षको अवसरमा किरात राई यायोक्खाले कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तित्वलाई मान सम्मान तथा छात्रवृत्ति प्रदान गरेको हो। किरात पुमा राई भाषाको पाठ्यक्रम निर्माण, पुमा भाषाको पहिलो उपन्यास योङयुप्चिदो लेखन, व्याकरण, बोलचाल, शब्दकोश आदि पुस्तक लेखन, सङ्कलन तथा प्रकाशनका साथै मातृभाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नगद रु बीस हजार र ताम्रपत्र सहित लेखक चिन्तनलाई सम्मान गरिएको यायोक्खाले जनाएको छ।

यलम्बर स्मृति पुरस्कारद्वारा धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विशेष अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह समेत रहेका थिए। नेपाल पुलिस क्लब, काठमाडौंमा आयोजना गरिएको कार्यक्रम भीम राईले गरेका थिए भने कार्यक्रमको अध्यक्षता यायोक्खाका अध्यक्ष जीवन हाताचोले गरेका थिए।

 

जवाफ लेख्नुहोस्