• पूर्व मेजर श्री भुपजित पुमा राई

किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं कार्यसमितीको पहिलो साधरण सभा तथा चौधौ बार्षिक भेटघाट कार्यक्रम शनिबार गत ०३ जुन २०२३ को दिन किरात राई हाउस गेम्बल्स लेनमा सम्पन्न भ्यबताको साथ सम्पन्न भयो । बार्षिक रुपमा हुने यो भेटघाट कार्यक्रम कोभिड १९ को ১महामारीपछि Covid Relief रुपमा मनाउने निर्णय गरि ईच्छुक दाताहरुबाट रकम प्रदान गरि भब्य रुपमा सम्पन्न गरिएको थियो । उक्त बार्षिक साधारण सभा तथा चौधौ भेटघाट कार्यक्रम दुई चरणमा सम्पन्न भयो ।

कार्यक्रमको पहिलो चरण संथाको औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो भने दोश्रो चरणमा साकेला सिलिको प्रशिक्षण र नाचको कार्यक्रम थियो । औपचारिक कार्यक्रम किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको सचिव श्री जय कुमार पुमा राईले संचालन गर्नु भएको थियो भने श्री अध्यक्ष गणेश बहादुर पुमा राईको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा चालिङ खाम्बातिम बेलायतका अध्यक्ष श्री चन्द्र जयपाल राई रहेका थिए संस्थाका सम्पूर्ण सल्लाहाकारहरु अथितिमा रहनु भएक थिए । कार्यक्रम शुरु हुनु भन्दा अगाडी स्वास्थ्य सुरक्षाका सम्बन्धमा संस्थाका सल्लाहकार पुर्व मेजर श्री भुपजीत पुमा राईले जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाको तर्फबाट स्वगत मन्त्यब उपाध्यक्ष श्रीमती मेनुका पुमा राईले दिनु भएको थियो । सांगठानिक प्रतिवेदन सचिव श्री जय कुमार पुमा राईले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री शिव धोज पुमा राइले प्रस्तुत गरेका थिए । बोल्ने क्रममा प्रमुख अथिति श्री चन्द्र जयपाल चामलिङ राईले मुन्दुमको सम्बन्धमा प्रकाश पार्दै आफ्नो शुभकामना सन्देश ब्यक्त गर्नु भएको थियो । प्रमुख सल्लाहाकार पुर्ब क्याप्टेन श्री मान बहादुर पुमा राईले पनि उक्त बार्षिक भेटघाट कार्यक्रमको महत्वका सम्बन्धमा जानकारी गराउदै शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री गणेश बहादुर पुमा राईले कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु, कार्यक्रम स्थल तयारी गर्दा सहयोग गर्नु हुने महानुभावहरु र सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो र आगामी सालमा पनि यसरी नै भेटघाटको निम्ति पाल्नु होला भन्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रममा जि सी एस ई र उच्च शिक्षा हासिल गरेका र प्रवन्धक जस्तो उच्च पदमा पदोनन्ती भई कार्य गर्ने छोराछोरीहरुलाई हौसलाका निमित्त कदर तथा सम्मान गरिएको थियो । संस्थाले यस पटक पनि प्रथम पटक बेलायत आएका नव आगन्तुक ब्यक्ति ब्यक्तित्वहरुलाई वेलायतको बसाई शुभ होस भन्दै खदाहरु र धजुरीहरु प्रादन गरि स्वागत गरिएको थियो ।

कार्यक्रममा किरात पुमा राई चिर स्थायी कोषको प्रमाण–पत्रहरु पनि उपस्थित् अध्यक्ष, प्रमुख अतिथि, बिशेष अतिथि र कोषको उपाध्यक्ष शिवधन पुमा राईबाट बितरण गरिएको थियो । प्रमाण पत्र प्राप्त गर्ने महानुभावहरु स्वर्ण श्री प्रेम बहादुर पुमा राई तथा श्रीमती कबिता राई, कास्य श्री शुबास धन पुमा राई तथा श्रीमती परिस्ता राई, कास्य श्रीमती राम्री माया पुमा राई, कास्य श्रीमती कल्पना पुमा राई, रजत शुश्री रिमोना पुमा राई र रजत शुश्री प्रनिया पुमा राई हुनु हुन्थ्यो । किरात पुमा राई चिर स्थायी कोषमा भएको जम्मा रकम तेह लाख रुपैयाँ भएको र चाडै बिस लाख पुर्याउने लक्ष्य रहेको जानकारी गराउनु भयो भने र जम्मा दाताहरु २९ जना रहेको जानकारी पुर्ब मेजर श्री भुपजित पुमा राईले गराएका थिए ।

दोस्रो चरणको कार्यक्रममा पुर्ब मेजर भुपजित पुमा राईले हामी किरात राई भएको हुनाले हाम्रा अग्रजहरुले कति खोज, अध्ययन, अनुसन्धान गरेर ब्यबहारमा ल्याएर परा पुर्बा कालबाट गरि ल्याएको यो सुन्दर सकेला नाच सिक्नै पर्ने महत्वको सम्बन्धमा बताउनु भयो । तत् पस्च्यात उहाँले साकेला सिलिको सम्बन्धमा कहिले कसरी मनाईन्छ, अनि मुन्दुमी चलन वा संकारको सम्बन्धमा पनि प्रकाश पर्नु भएको थियो । उहाँले सकेला सिलिमा प्रयोग हुने सिलिमी, पोमी, ढोल, गज र झ्याम्टाको सम्बन्धमा पनि संक्षिप्त रुपमा बहाउनु भयो । उहाँले ढोल बजाउने तरिका र झ्याम्टा बजाउने तरिका पनि सिकाउनु भयो। अन्त्यमा उहाले सकेला सिलिको सम्बन्धमा पाईलाहरु चाल्ने, हातको हाउ भाउ, सिलिमि पोमि चालाउने अनि चासुम सिलि र अन्य चरा चुरुङी तथा जन्तु जनवारहरुको नक्कल गर्ने सिलिहरु सिकाउनु भएको थियो । उक्त दिन धेरै जनाले सकेल सिलि, ढोल बजाउने तरिका र ज्याम्टा बाजाउदै साकेल सिलि नाचेर मनोरन्जन लिएका थिए । उक्त दिनको सम्पूर्ण कार्यक्रम बेलुकिको ८:०० मा समाप्त भएको थियो ।

जय किरात पुमा राई

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ