खिमकोङ्दो (घरभित्र)
- यङ्खा बक्मा ने।(बडारौं।)
- यङ्छम्बक् खादो युङ्याङ् ओङ्? (कुचो कहाँ छ नि?)
- कोङ्पलिप्आ छप्दिङेस्सि।(काठको पिराले थिचेको छ।)
- कोङ्पलिप् छे हेन्ना मोन्मा केन्मा मुयाङ्। (काठको पिरा पनि अब त मक्किन लाग्यो।)
- कनङ्वा छोक्मा दोत्। (नयाँ बनाउनु पर्छ।)
- बाखा होङ्मा लोन्मा लाम्याङ् दोरो। (भुइँ उक्किन लाग्यो के।)
- लेङ्मा गरि लियाङ्। (लिप्ने बेला हुँदैछ।)
- आइ नाम्ले पुक्सा। सेत्लाम् लादिप्ले खिम पलेक्समिन्। हेन् सक्मुले यात्नि लेङ्मा ने। (आज आइतबास बित्यो। भोलि सोमबार घर लिप्न हुन्न। अब बुधबारतिर लिपौला नि।)
- दाब्बेबो आधिप्पतेप् छे माकाचक्चक् लिसा। (अगेनाको माथिल्लो पट्टि पनि कालो न कालो भयो।)
- तक्कु ना इछित् वारङ् लेक्सुम् निछे लि। (त्यो त अलि पछि लिप्दा नि हुन्छ।)
- रुम्सेप् चक् यात्नि ना चित्थुम् ङे लेङ्मा केन्मा दोत् ओन्दे। (नुनको भकारीतिर त पर्सि नै लिप्न पर्छ होला।)
- रुम्ठाक्पा छे तुत्मा लाम्याङ्। (नुनको ढुङ्ग्रो पनि चुहिन लागेको छ।)
- होन्ताकु किना तल्ल? (दुलो परेको हो र?)
- पेए, उन्ताका खेताकु। (होइन अलि अलि चर्केको हो।)
- मि लेन्मा थुम्याङ् ओन्दे। (आगो बाल्न धेर हुँदैछ क्यार।)
- मि मेन्लेन् छे रुम्दो वा पुधि तल्ल। (आगो नबाल्दा पनि नुन पग्लिन्छ त।)
- युरुपा इत्मा रुम् पोक्मायाङ् हे पेP ओङ्? (गोरुलाई खुवाउने नुन भिजाएको छ कि छैन नि?)
- मेन्पोक्। बुछा लेन् पअङ् पोक्मा दोत्। कन्टि ना चाआ होन्ति। (माटोको हन्डी खाली भएपछि भिजाउन पर्छ। कराही त खियाएर प्वाल पार्छ।)
- निचे लाप्तिखोङ् कन्मापा छे रक्ढापुक्सा नि तरङाङाकु पेए? (साँच्चै ढोकाको आग्लो पनि बाङ्गियो भन्दैथ्यौ होइन?)
- फेन्दुङ् चिलुङ्कु। (फेरि सकेको छु।)
- दोरोबो तफेन्दि? (केको फेर्यौ?)
- साम्बाबो ङे इ पाक्दुङ्। (बाँसको नै नि फेरे।)
- तलादि मिथुङ्वा थुङ् दियाङ् किना मिथुङ्वा पुङ्खा लाम छे होत्मा दोत्याङ्कु। (टारमा धुँवा थुरिन्छ र धुँवा जाने बाटो पनि खोल्नु पर्ने।)
- लुक्भा होन्तुम् किना मिथुङ्वा लाम् ङेत्दुम् पाआ छे लि। कोइना मिथुङ्वा थुङ्दि पाआ ङे तल्ल तला फुइआ पवात्तिन्। लङ्वा चाढि। रिख्वा पमोन्निन्। (ढुङ्ग्रेबास खोपेर धुँवा जाने बाटो बनाउँदा पनि हुन्छ नि। तर धुँवा टारमाथि थुरिदा त झन टारमा ढुसी पलाउँदैन। खर खप्छ। चोया मक्किदैन।)
- अ ना अ। लङ्वा हेक्माबो कचाइन्मा। लङ्वाखा छे हेन्ना मायाङ्सो पुङ्याङ्। लङ्वा मोन् नालो वा तुत्मा पुस्सि तल्ल। थत्निङे ने। (त्यो त हो। खर मक्कियो भने पानी चुहिन थाल्छ। त्यस्तै होस्।)
- आइपदोङ् ना चासेप् छे बामा दोत् ओन्दे। साप्पाचा चासेप् छे कोइमाचिआ पहोन्ताकु। चाहुक्वा चासेप् ना माक्सलोक् इकुङे आबो, यात्दाकेसा चिला। (यो साल त भकारी पनि बुन्नु पर्ने होला। कोदो राख्ने भकारी पनि मुसाहरूले प्वाल पारेको। धान राख्ने भकारी त पुरानै हो त, खिइसक्यो।)
- अ। लिप्मा, वार्लोचिछे बामाचि मदोत्। छेन्चकक्, रोक्ठोक्चि छे केएङि पाआ बामा ङेन्मा दोत्। पेए नालो काचिकोप्मा गरि बामा लोन्मा पधित्तुम् लाआमिन्। (हो। बिस्कुन सुकाउने मान्द्रोहरू पनि बुन्नुपर्छ। छेन्चकक्, रोक्ठोक्हरू पनि फुर्सदको बेला बुनिराख्नुपर्छ। नत्र काम परेको बेला बुन्न भ्याइदैन।)
- अ। कसेत्लाम् कनाम्पक् अक् रङ् अक् रङ् बामा लोन्माचि मदोत्। (हो। बिहान बेलुका घरीघरी बुनिराख्न पर्छ।)
- वाछोन् थुक्खा छोक्छेन् छे पेत्मा मुयाङ्। कहोम्चि अन्ढाकु मलिसा किना साप्पाचा लुक्वा धापुङ्। कबामा गरि लिसा। (जाँड छान्ने छपनी पनि फाट्न लागेको छ। प्वालहरू ठूलो ठूलो भएर कोदोको दाना झरिजान्छ।)
- अ इ। तक्कु ना बुसित्दो बामा लोन्मा दोत्। काचि कोप्पि किना ताए पाआ उन्दा मेन्दुङ् परिएमिन्। असपोङ् मङ् तोङ्चि किना रिख्वा उक्चिने। कलेदा मेसि खाङ्याङ्सो ङाआ बाआङ् लोस्सुङ् ने।(हो त नि। त्यो त सुरुमा नै बुन्नपर्छ। काम गरेर आइपुग्दा अलिकति नखाइ सकिदैन। दुवैजना मिलेर चोया काढौं। दिउँसो भैंसी हेर्दै म बुनिहाल्छु।)
- ल नालो। (हुन्छ त्यसो भए।)
[बाङ्मासिवा (बोलचाल) पुस्तकबाट साभार]

