• गणेश पुमा चिन्तन । 

पर्खी बसेँ तिमीलाई चौतारीमा साँझ
पर्खाइमै दिन वित्यो पर्खिरहे अझ
ढलिरह्यो साझ ।

प्रतिक्षाका पलहरु ढिलो बित्दारैछन्
समयका प्वाखहरु ढिलो चल्दारैछन्
बाढी पहिरो जान थाल्छ कोमल मुटु माझ
तिम्रै तस्वीर नाँचिरह्यो परेलीको माझ
ढलिरह्यो साँझ ।

हुरी आई चौतारीको बरपीपल ढल्छन्
कुरि बसौं तिमीलाई मनको बाध बग्छन्
पानी पर्छ चट्याङ् पर्छ यो छातीको माझ
छिया छिया भयो हजुर पोल्यो मुटु माझ
ढलिरह्यो साझ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ