- विनोद पुमा राई
सेवा, सम्पूर्ण किरात पुमा राई भाषीमा मेरो केही कुरा राख्न चाहेँ। मेरो मनमा धेरै पहिलादेखि नै यो कुरा खेलिरहेको थियो । तर बल्ल आज राख्न गैरहेको छु । कसैलाई मन नपर्ला कसैलाई मन पर्ला सबैको सोंच बिचार एउटा हुदैन ।
पुमाहरूको जनसङ्ख्या करिब १५ हजार बसोबास गर्ने ठाउँहरू खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाको दिप्लुङ, चिसापानी, निगालबास, साउनेचौर, देबिस्थान, मौवाबोटे, पौवासेरा, अनि चौदन्डीगढी नगरपालिकाको सिद्धिपुर, बेल्टार, बसाहा, गाइघाट तथा अन्य ठाउहरू इलाम, झापा, पाचथर, ईटहरी, धरान र कोही काठमाडौंमा बसोबास गर्छन् ।
पुमा भाषी समुदाय बसोबास गर्ने ठाउँहरूलाई केन्द्रित गरेर हेर्ने हो भने काठमाडौं त कुनै हालतमा पनि केन्द्र बनाउन सुहाउँदैन । पुमाहरू पुर्वी भुगोलमा बसोबास गर्छन् । काठमाडौंमा थोरै मात्र जनसङ्ख्या बसोबास गर्छन् । मेरो देखाईमा हामीले बुझ्नुपर्ने कुरा एक व्यक्तिहरूको लागि मात्र सहुलियत हेरेर हैन, समग्र गाउँ ठाउँ पहाडदेखि कसरी केन्द्रमा आउन सजिलो हुन्छ भनेर हेर्नुपर्ने हुन्छ । पुमा भाषी केन्द्रीय कार्यसमिति भनेको पुमा भाषी समुदायको अभिभावक हो पुमाहरूको भाषा, संस्कार संस्कृति र धर्मको संरक्षण गर्नको साथै पुमाहरूको विकास गर्नु हो, अनि दुःख पर्दा एक अर्कामा साथ दिनु पनि हो ।
केन्द्रीय कार्यालय भए पछि सबै पुमाहरू बेलाबेलामा सजिलै आउन सकुन् सबैको केन्द्रमा होस् पहाड, मधेस, सहरदेखि आउन सकुन् अनि आफ्नो संस्कार, संस्कृति, भाषा, धर्मको बारेमा छलफल गर्नु सकुन्, गाउँदेखि मधेस झर्दा एकचोटी हाम्रो कार्यालयमा पसेर जाउँ भन्दा पस्न सकुन् । धरान काठमाडौंबाट गाउँ जादा एकचोटी कार्यालय छिरेर केहि कुरा राखेर जान सकुन् । काठमाडौंमा कसरी गाउँको मान्छे गरीब, दुखीहरू बसको भाडा तिरेर दुई दिन लगाएर जान्छन्? काठमाडौं गएर कसरी होटलमा बस्न खान सक्छन्? एउटा कुरा आँट आउदैन । अर्को कुरा राजधानीमा गएर होटलमा बसेर कार्यालय धाउन बैठक मिल्न सक्दैन । बरु काठमाडौंबाट मधेससम्म जान । सकिन्छ केही न केही गरिखानेहरू नै जागिर गर्नेहरू पहुँचवालाहरू नै बसेको हुन्छ । यी यस्ता कुराहरूलाई मध्यनजर लगाउनु पर्दछ ।
यो सबै नियाल्दा मेरो आफ्नो बिचारमा किरात पुमा राईहरूको केन्द्र (केन्द्रीय कार्यलय) राख्ने सबैको लागि सहज ठाउँ र सबैको लागि केन्द्र भनेको चौदन्डीगढी नगरपालिकाको बेल्टार अथवा धरानमा हुनु राम्रो छ । किनभने त्यो ठाउँ भनेको पहाडको फेदी हो । मैले माथि भनेको ठाउँहरूमा बसोबास गर्ने पुमाहरूलाई नजिक हुनेछ । अहिले बाटोको सुबिधाले गर्दा गाउँबाट बिहान हिँड्दा दिउँसो मधेस पुगिन्छ र धरानबाट पनि दुई घन्टामा पुगिन्छ । काठमाडौंबाट बिहान हिँड्दा दिउसो ५ बजेतिर पुगिन्छ र गाउँबाट काठमाडौं आउँदा २ दिन लाग्नेछ । यो मेरो बुझाई देखाईमा यदि सबै पुमाहरूलाई समेटिनु पर्छ भने यो ठाउँ ठिक छ । हैन भने पुमाहरू पूर्वमा बस्छन्, केन्द्रीय कार्यालय पश्चिममा राख्दा कस्तो देखिन्छ? यो बुझ्न जरुरी छ । अनि कार्यालय भए पछि सानो तिनो एउटा अफिस होस् काठमाडौंमा छैन । पुमाको नेताहरूलाई भेट्न कहिल्यै सकिन्न । कुन अफिसमा जानु । यदि बेल्टार अथवा धरानमा हो भने सस्तोमा पाउँछ । एउटा कोठा र कुनै फुर्सद हुने भाइबहिनीहरूलाई अफिसमा राखौ । सधै अफिस खोल्न सकियोस् । कुनै पुमाको सदस्य आउँदा भेट्न सकोस् भन्ने मेरो बिचार हो ।
अर्को कुरा, एउटा संस्था भएपछि हरेक ३ महिनामा बैठक हुनुपर्छ । केही अपडेटहरू भैरहन जरुरी हुन्छ । हरेक वर्ष वार्षिक बैठक हुनुपर्छ । अधिवेसन हुन्छ, सम्मेलन पनि गरिन्छ, अनि हाम्रो चाड पर्व उभौली उधौलीमा धेरै भेला भएर चाड मनाउन पाउनु पर्छ । यलम्बर स्मृति दिवस मनाउनु पर्छ, कहिलेकाही अन्तरक्रिया कार्यक्रम गर्नुपर्छ । यी सबैलाई बिचार गरेर हेर्नुपर्छ र यस्तो समयमा सबै आउन सकुन् । काठमाडौंमा जस्तो २०-३० जना भेला भएर नगरौं । यसरी पुमाहरूको विकास हुदैन । झनझन बिलाएर जानसक्छ । सबैलाई समेट्नुपर्छ । सबैको लागि हो । कहिले पनि थोरैको मात्र सहभागिताले केही हुन सक्दैन । सँधै बहुमत धेरै जनसङ्ख्याको जरुरी हुनेछ । सबै तहको पुमाहरूको लागि हुनुपर्दछ अनि मात्र पुमाहरूको विकास हुदै जान्छ, हैन भने बिलाएर जान सक्नेछ ।
यति मेरो कुराहरू राखेँ । सबै पुमाहरूको बिचार आओस् । यो छलफलको विषय हो । राम्रोसङ्गले सबै तहमा सबै गाउँ, ठाउँ सहर र विदेशको सहमति हुनुपर्ने हुन्छ । सबै पुमाहरूको बोल्ने अधिकार हुन्छ । यो आफ्नै भाषिक संस्था भएको कारणले । र सबैको आवाजको सुनुवाइ हुनु पर्दछ । कसरी गर्दा हामी पुमाहरूको लागि राम्रो हुन्छ, त्यो बुझेर निर्णय गरौं सबैको लागि राम्रो हुने काम गरौँ।
धन्यवाद
विनोद पुमा राई
बेलायत