खोटाङ र उदयपुर जिल्लाको सीमानामा पर्ने बुङ्वाजोर घाट । कथनअनुसार उहिले यस घाटको वारिपारि ठूल्ठुला रूखहरू थिए । ती रुखहरू फुल्दा वारिपारिका रुखहरूका फूल एक आपसमा जाेडिन्थे, ठोक्किन्थे । र वारिपारिका युवायुवतीहरूले प्रेमको प्रतीक स्वरुप ती फुल र रूमाल लामा लामा लट्ठीका सहाराले आदानप्रदान गर्थे भन्ने कथन छ। यस सम्बन्धमा थप कहानी छन् । तपाईँलाई पनि थाहा होला । कमेन्टमा थप्नुहोस् है।


