पुमा भाषा पाठ्यक्रम पाठ्यपुस्तक निर्माण प्राविधिक समितिले लेख रचना आह्वान गरेको छ । कक्षा तीनका लागि पुमा भाषाको पाठ्यपुस्तक निर्माण गर्नु पर्ने भएकोले सो  समितिले पुमा समुदायबाट विभिन्न बालगीत, कविता, निबन्धलगायतका सामग्रीको लागि सार्वजनिक आह्वान गरेको हो ।  समितिले रचनाको विधा र विषयवस्तु समेत तोकेर लेख रचना माग गरेको हो ।  तोकिएका विषयवस्तु निम्नबमोजिम रहेका छन्-

१. बालगीत
२.  पुमा संस्कृतिसम्बन्धी छोटो जानकारी (साम्खा, लेवा आदि)
३. पुमा समुदायमा बनाइने खानासम्बन्धी जानकारी
४. व्यक्ति चिनारी (पुमा समुदायबाट उल्लेख्य कार्य गरेको व्यक्तिको चिनारी)
५. नैतिक शिक्षा दिने गीत वा कविता
६. स्थानीय बोटबिरुवासम्बन्धी सम्वाद
७. मानिस र जङ्गली जनावर बीचको सकारात्मक सम्बन्ध देखाउने लेख (शिकार गर्न हुन्न भन्ने सन्देश दिने)
८. कविता (खेतबारीबाट खाद्यान्नलगायत अन्य नगदे बाली उब्जनी गर्ने र त्यसबाट अर्थोपार्जन गर्ने तरीका बारे जानकारी दिने)
९. स्थानीय सीप सिकाइसम्बन्धी जानकारी (डोको बुन्ने, नाम्लो बुन्ने, गुन्द्री बुन्ने, चोया काढ्ने, घुम बुन्ने आदि ।)
१०. पशुपालन, कुखुरापालन गरेर अर्थोपार्जन गर्नेसम्बन्धी जानकारी
११. पुमा संस्कारसम्बन्धी गीत वा कविता
१२. पुमा समुदायले अङ्गिकार गर्दै आएको गर्न हुने र गर्न नहुने कार्यहरूको बारे जानकारी
१३. स्थानीय घरेलु क्रियाकलापसम्बन्धी जानकारी
१४. पुमा संस्कृतिबारे जानकारी
१५. अन्न बाली र चराचुरुङ्गी बीचको सम्बन्धबारे जानकारी दिने कविता वा गीत
१६. स्थानीय जडिबुटीसम्बन्धी जानकारी
१७. सुन्दर सृष्टिसम्बन्धी गीत (छा छाम्)
१८. रकोङ् पिमासिवा बनाउने तरीका

सूचना