काठमाडौं। नेपाल सरकारले हालै बढुवा गरेका दुई सचिवलाई समुदायले सम्मान प्रदान गरेको छ । किरात राई यायोक्खाले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा सचिवद्वय सागरकुमार राई र बीरबहादुर राईलाई सम्मान गरेको हो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले उक्त सम्मान प्रदान गरेका हुन् । यायोक्खाका अध्यक्ष दिवस राईले कोभिड–१९ को कारण विद्यार्थी छात्रवृत्ति तथा अन्य सम्मानका कार्यक्रमहरू स्थगित गरिएको बताए । कोटेश्वरस्थित यायोक्खा कार्यालय सुम्निमा हलमा करिब एक सय जना उपस्थित समारोहमा सहभागीलाई किराती परिकारले स्वागत गरिएको थियो । [http://libjubhumju.com बाट साभार]

तस्बिर: गणेश वाम्बुले राई

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ