किपुरातुबा बेलायतको छैठौँ अधिवेशन, बार्षिक भेटघाट तथा साकेन्वा उभौली कार्यक्रम २०२५

गतिविधि फोटो फिचर

किरात पुमा राई तुप्खाबाङ्खाला युकेको छैठौ अधिवेशन, बार्षिक भेटघाट तथा साकेन्वा उभौली कार्यक्रम २०२५ गत शनिबार १४ जुन २०२५ को दिन किरात राई हाउस, गेम्बल्स लेनमा सम्पन्न भ्यबताको साथ सम्पन्न भयो । उक्त युकेको छैठौ अधिवेशन, बार्षिक भेटघाट तथा साकेन्वा उभौली कार्यक्रम २०२५ तिन चरणमा सम्पन्न भएको थियो ।

अधिवेशनमा सहभागीहरुको सामुहिक तस्बिर

कार्यक्रमको पहिलो चरणमा संथाको औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । दोश्रो चरणमा निर्बाचन समितिले छैठौ कार्यसमिति निर्बाचन प्रक्रिया सम्पन्न गर्यो भने तेस्रो चरणमा साकेन्वा उभौली सिलिको प्रशिक्षण र नाचको कार्यक्रम सम्पन्न गरेको थियो । औपचारिक कार्यक्रम किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको सचिव श्री जय कुमार पुमा राईले संचालन गर्नु भएको थियो र उक्त कार्यक्रममा अध्यक्ष श्री गणेश बहादुर पुमा राईको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा किरात राई यायोक्खा वेलायतको प्रतिनिधी संस्थाका उपाध्यक्ष श्री कृत बहादुर राई रहेका थिए भने उक्त कार्यक्रममा तिन जना बिशिस्ट अथितिहरु रहनु भएका थिए जसमा भाषाविद डा. नबोल किशोर राई, चाम्लिङ्ग खामातिम वेलायतका प्रतिनिधि सल्लाहाकार श्री प्रसाद कुमार राई र बांतावाखिम वेलायतका प्रतिनिधि सचिव श्री धुब कुमार राई हुनुहुन्थ्यो । श्री किन्दरमाया पुमा राई उक्त कार्यक्रममा जेष्ठ नागरिक हुनुहुन्थ्यो र उहालाई फेटा  वोढ्याई साया चोंग्मा गरिएको थिय । संस्थाका प्रमुख सल्लाहाकार पूर्व क्याप्टेन मान बहादुर पुमा राई तथा अन्य सल्लाहाकार ज्युहरु श्री निर बहादुर पुमा राई, श्री शिब धन पुमा राई, श्री तारा देबी पुमा राई र पूर्व मेजर भुपजित पुमा राई  हरु पनि अथितिमा रहनु भएका थिए । कार्यक्रम शुरु हुनु भन्दा अगाडी स्वास्थ्य सुरक्षाको बारेमा संस्थाका सल्लाहकार पुर्व मेजर श्री भुपजीत पुमा राईले जानकारी गराएका थिए । अधिवेशन को शुभारम्भ अध्यक्ष ज्यु, प्रमुख सल्लाहाकार ज्यु, जेष्ठ नागरिक सम्पूर्ण सल्लाहाकारार ज्युहरुले सुम्निमा र पारुहान्गको तस्बिरमा पुजा गर्दै र पानसमा दिप प्रज्जोलन गरेर भएको थियो । नेपालको राष्ट्रिय गान बजाई प्यारो देश नेपाललाई सम्झेका थियौ । त्यस पश्च्यात पित्रिहरु समरण गर्न १ मिनट मौन धारण पनि गरेका थियौ ।

कार्यक्रममा संस्थाको तर्फबाट उपाध्यक्ष श्री मेनुका पुमा राईले स्वगत मन्त्यब दिनु भएको थियो । शुभकामना मन्तब्य ब्यक्त गर्ने क्रममा, श्री कृत बहादुर राईले पुमा राईहरु संख्यामा थोरै भएता पनि धेरै राम्रो गरिरहेका रहेछन र यी कार्यलाई सधै अघि बढाउनको निम्ति सुझाब दिनु भयो र अधिवेशनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । त्यस्तै अथितिहरु श्री प्रसाद राई र ध्रुब राई ज्यु हरुले पनि पुमा राईहरुको उत्तरोतर प्रगतिको कामना गर्दै सफल अधिवेशन र चाडै निर्बाचित हुन लागेको कार्यसमिती अग्रिम बधाई ज्ञापन गर्नु भयो ।  बिशिस्ट अथिति डा. नबोल किशोर राई ज्युले भाषिकहरुका भाषा उत्थान गर्ने क्रममा गर्नु भएका कार्यहरुको बारेमा प्रकाश पर्नु भयो । उहाले बिशेष गरि पुमा भाषाको संरक्षण र उत्थानको निम्ति जर्मनीको राजदुत हुदा एउटा विश्व बिद्यालय संग सम्पर्क गरेर पुमा राईहरुको संस्कारहरुको बारेमा प्रोजेक्ट भएको र अहिले त्यो डकुमेन्ट त्रिभुवन बिस्व बिद्यालयमा सुरक्षित रहेको कुरा बताउनु भयो ।

सांगठानिक प्रतिवेदन सचिव श्री जय कुमार पुमा राईले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री शिव धोज पुमा राइले प्रस्तुत गरेका थिए ।  । प्रमुख सल्लाहाकार पुर्ब क्याप्टेन श्री मान बहादुर पुमा राईले पनि उक्त बार्षिक भेटघाट कार्यक्रमको महत्व बारेमा जानकारी गराउदै शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री गणेश बहादुर पुमा राईले कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु, सल्ल्लाहाकारहरु, कार्यक्रम स्थल तयारी गर्दा सहयोग गर्नु हुने महानुभावहरु र सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो र आगामी सालमा पनि यसरी नै भेटघाटको निम्ति पाल्नु होला भन्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रममा जि सी एस ई र उच्च शिक्षा हासिल गरेका र प्रवन्धक जस्तो उच्च पदमा पदोनन्ती भई कार्य गर्ने छोराछोरीहरुलाई हौसलाका निमित्त कदर तथा सम्मान गरिएको थियो । संस्थाले यस पटक पनि प्रथम पटक बेलायत आएका नव आगन्तुक ब्यक्ति ब्यक्तित्वहरुलाई वेलायतको बसाई शुभ होस भन्दै खदाहरु, पेचुरिहरु र धजुरीहरु प्रादन गरि स्वागत गरिएको थियो ।

दिवंगत पुर्खाहरुलाई सम्झदै मौन धारण गरेको तस्बिर

कार्यक्रममा किरात पुमा राई चिर स्थायी कोषको प्रमाण–पत्रहरु पनि किपुरातुबा युके का अध्यक्ष श्री गणेश बहादुर पुमा राई र कोषका अध्यक्ष पूर्व कप्तान मान बहादुर पुमा राईबाट बितरण गरिएको थियो । किरात पुमा राई चिर स्थायी कोषमा भएको जम्मा रकम पन्ध्र लाख रुपैयाँ भएको र चाडै बिस लाख पुर्याउने लक्ष्य रहेको जानकारी गराउनु भयो भने र जम्मा दाताहरु ३१ जना रहेको जानकारी पुर्ब मेजर श्री भुपजित पुमा राईले गराएका थिए ।

उक्त अधिवेशनमा संस्थाले निम्न व्यक्तित्वहरुलाई उहाहरुले किपुरातुबा युके संस्था तथा सम्पूर्ण पुमा राई समुदायलाई अतुलनीय योगदान पुर्याउनु भएकोमा फेटा र खादाले साया चोंग्मा गरियो l

१. मे रि भुपजीत पुमा राई – (अध्यक्ष किराया वेलायतमा निर्बाचित हुनु भएकोमा )
२. श्री शिभ धोज पुमा राई – (अध्यक्ष किराया प्राकासा बेजिङ्ग्स्टोक निर्बाचित हुनु भएकोमा)
३. क्या रि मान बहादुर पुमा राई – (चाप्खोरामा महाबिर पुमा राईको शालिक स्थापना गर्नु भएकोमा)
४. श्री जयकुमार पुमा राई – (साकेन्वा समापन थान स्थापना गर्नु भएकोमा)
५. डा. नबोल किशोर राई – (पुमा राईको भाषा खोजको निम्ति)
६. श्री काजीराम पुमा राई – (instructor British Rect)
७. श्री बिशाल पुमा राई – (instructor cadets RMAS)

उक्त अधिवेशनमा ग्रादुएट्स गर्न हुनेहरुलाई पनि प्रसंग्सा पत्र साथै खादाले निम्न नानीहरुलाई बधाई दिईयो l
१. श्रीमती संगीता लिम्बु राई – Nurshing
२. शुश्री अनुष्का पुमा राई – Marketing Management
3. शुश्री सुम्निमा पुमा राई – Bio Chemistry

उक्त अधिवेशनमा किरात पुमा राई चिर स्थायी कोषलाई आर्थिक सयोग गर्न हुने दाताहरुलाई पनि खादा र प्रमाण पत्रले धन्यबाद ज्ञापन गर्यो l उहाहरु निम्न अनुसार हनुहुन्छ l

१. श्री शेर बहादुर पुमा राई – रजत
२. श्री बिशाल पुमा राई – रजत
३. श्री निर बहादुर पुमा राई – प्रमाण पत्र

निर्माचन समितिको अध्यक्ष श्री शिव धन राई, सदस्य सचिव क्या रि मान बहादुर राई र सदस्य श्री तारा देबि राई निर्बाचन सम्पन्न गरि छैठौ कार्यसमिति निर्माण गर्नु भएको छ l छैठौ निर्बाचित कार्यसमिति निम्न अनुसार छन् र उहाहरुको कार्यकाल ३ बर्षको हुनेछ l

अध्यक्ष – मेजर रिटायर्ड भुपजित पुमा राई
उपाध्यक्ष – श्री मेनुका पुमा राई (अनिवार्य महिला)
उपाध्यक्ष – श्री जय कुमार पुमा राई
सचिव – श्री शिव धोज पुमा राई
सह-सचिव – श्री मणीराज पुमा राई
कोषाध्यक्ष – श्री काजीराम पुमा राई
सह-कोषाध्यक्ष – श्री साबित्रा पुमा राई
सदस्य – श्री कृष्णा पुमा राई

सदस्य – श्री बिशाल पुमा राई

सदस्य – श्री शुबशधन पुमा राई
सदस्य – श्री संजय पुमा राई

नव निर्बचिंत छैठौ कार्यसमिति सपथ लिदै गरेको तस्बिर

नवनिर्बाचित अध्यक्ष पूर्व मेजर भुपजित पुमा राईले छैठौ कार्यसमितिका पदाधिकारी ज्यु हरु र सदस्य ज्युहरु प्रति संस्थालाई निस्वार्थ रुपमा सबैले सहयोग गर्दै अगाडी बढाउनु पर्छ भन्ने उहाको आशय राख्दै स्वस्पुर्त रुपमा कार्यसमितिमा रहनु भएकोमा अध्यक्षको तर्फबाट र सम्पूर्ण वेलायतबासी राई हरुको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नु भयो । त्यस पश्च्यात उहाले निबर्तमान कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र सल्लाहाकारहरुलाई उहाहरुको कार्यकाल सफलता पुर्बक पुरा गर्नु भएकोमा धन्यबाद ब्यक्त गर्दै सम्मान पत्र प्रदान गर्नु भयो । अन्त्यमा, अध्यक्ष पूर्व मेजर भुपजित पुमा राईले आफ्नो २५ बुदे प्रतिबद्धता पेश गर्नु भयो त्यस पश्च्यात सम्पूर्ण औपचारिक कार्यक्रम समापन गर्नु भयो ।

तेस्रो चरणको कार्यक्रममा अध्यक्ष पुर्ब मेजर भुपजित पुमा राईले हामी किरात राई भएको हुनाले हाम्रा अग्रजहरुले कति खोज, अध्ययन, अनुसन्धान गरेर ब्यबहारमा ल्याएर परा पुर्बा कालबाट गरि ल्याएको यो सुन्दर साकेन्वा नाच सिक्नै पर्ने महत्वको बारेमा बताउनु भयो । तत् पस्च्यात सिलिहोंग्पा श्री जयकुमार पुमा राईको नेत्रित्वमा साकेन्वा सिली नाचेर सबै उपस्थित पुमा राई तथा गैर पुमा राईहरुले मनोरंजन गरे । उक्त दिन धेरै जनाले साकेन्वा सिलि, ढोल बजाउने तरिका र ज्याम्टा बाजाउदै साकेन्वा सिलि नाचेर मनोरन्जन लिएका थिए । उक्त दिनको सम्पूर्ण कार्यक्रम बेलुकिको ८:०० समाप्त भएको थियो ।

जय किरात पुमा राई

सम्बतदाता

किपुरातुबा युके

जवाफ लेख्नुहोस्