- गणेश पुमा चिन्तन
हिमाल बोल्छ पहाड बोल्छ आ-आफ्नै बोलीमा
डाफेले गाउँछ कोइली गाउँछ आ-आफ्नै भाखामा
झरनाले गाउँछ सुरिलो गीत मधुर स्वरले
देउरालीसँग मितेरी लाउँछ पिपलु बरले
हिमाल भन्छ हामी सबै एक भएर उठौं न
पहाड भन्छ नेपाली सबै विकासमा जुटौं न
बिहानपख झुल्किन्छ घाम गाउँवेशी घमाइलो
शरदमास सयपत्री फुल्छ गाउँघरै रमाइलो
घामले भन्छ ज्योति लिएर अब त उठ है
सयपत्री भन्छ बास्ना छरेर अब त जुट है
चैतको महिना बतासै चल्छ गाउँबेशी सरर
असारै महिना बादल वर्षा पसिना तरर
हुरीले भन्छ विकास मूल उडाई लेउ है
झरीले भन्छ प्रगतिपथ बगाई लेउ है ।
[henkhama.blogspot.com]
रचनाकाल: २०५६ कात्तिक १०