भाषाशास्त्री तथा ‘बुङ्वाखा’ मासिकका संरक्षक प्रा.डा. नोवल किशोर राईज्यूलाई यस वर्षको ‘बालकृष्ण पोखरेल भाषा, साहित्य पुरस्कार’ प्रदान गरिएको छ । एक लाख राशीको सो पुरस्कार प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदान गरेको हो ।

२०७औं भानुजयन्तीको अवसरमा उक्त पुरस्कार विराटनगरस्थित असार २९ गते माननीय मुख्यमन्त्री शेरधन राईले प्रदान गर्नुभएको हो । कोरोना महामारीको कारण डा. राईको अनुपस्थितिमा उहाँको प्रतिनिधित्व गर्नुहुँदै प्रा.डा. टंक प्रसाद न्यौपानेले सो पुरस्कार ग्रहण गर्नुभएको छ।उहाँसहित अन्य १२ जना श्रष्टाहरूलाई पनि आजै जनही ५० हजार रुपैयाँ राशीका दरले पुरस्कृत गरिएको छ ।

डा. राईका अनुसार सो पुरस्कार रकममध्ये ५० हजार राशी आरोहण गुरुकुल नाट्य समूह विराटनगरलाई र बाँकी ५० हजार राशी कोरोना निवारण तथा नियन्त्रण सरकारी कोषलाई अर्पण गर्ने जानकारी दिनुभएको छ ।  [बुङ्वखाबाट]

1 thought on “प्रा.डा. राईलाई १ लाखको भाषा, साहित्य पुरस्कार

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ