सेवा, सम्पुर्ण पुमा समुदायमा साईनो अनुसारको । यहाँहरु माझ एउटा कुरा राख्न जमर्को गरें । हाम्रो जन्तेढुंगालाई पुमा भाषामा नामकरण गर्नुपर्छ कि भनेर मेरो सोच पहिलादेखिको थियो तर आज मात्र भन्नु लागिरहेको छु । मलाई एकजना मेरो साथी पत्रकार मनि बान्तवा राई ज्यु (खोटाङ मिडिया) ले पनि सुझाव दिनु भयो- बिनोद सर तपाईहरुले जन्तेढुङ्‌गाको नामकरण पुमा भाषामा राख्नु होस भन्नुभयो । अनि एकदम सहि कुरा हो ’cause हामी पुमाहरु बसोबास गर्ने ठाउ हाम्रो सभ्यता र अस्तित्व सङ्ग जोडिएको एउटा ऐतिहासिक  ढुङ्गो हो र हामिले पुमा भाषामा नामकरण गर्दा हाम्रो भाषा मरेर गए पनि हजारौँ बर्ष पछि त्यो ठाउको र ढुङ्गोको नाम पुमा भाषामा सुन्दा हाम्रो आउने सन्ततिहरुले खोजी गर्छन् अनुसन्धान गर्छन् अनि हामी पुमाहरुको भाषा पत्ता लगाउँछन् । त्यसपछि फेरि हाम्रो भाषाहरु बचाउने काम गर्न सक्छन् ।

सकेसम्म जन्तेढुंगा गाउपालिकाको बजार, गाउ, बाटो, चोक, खोला, बन जङ्गल सबैको पुमा भाषामा नामकरण गरेको राम्रो हुन्छ । अहिले हाम्रो पुमाको अध्यक्षज्यु हुनुहुन्छ । यो मौका हो उहाले सजिलो गर्न सक्नुहुन्छ । ’cause हामी पुमा राईहरुको बसोबास गर्ने मुख्य गाउँपालिका नै जन्तेढुंगा गाउपालिका हो । सजिलो छ व्याख्या गर्नुलाई, त्यो पोस्टमा अरु थरीको  भए के गरि सक्थियो त्यो हामिले बुझ्नु पर्छ । हामिले देखेको छौ हाम्रो गाउमा छ थापागाउँ,  बिस्टगाउँ अनि बाहुनगाउँ कसरी नाम रहन गयो भनेर । तरखोई त हाम्रो पुमा भाषाको गाउ ठाउँ बजार बन जङ्गल बाटो चौतारो ?

तपाई हामीले धरानको नमुना हेरौ न ९०५ किरातहरु बसोबास गर्ने सहरको मुख्य चोकको नाम (भानु चोक) भानुभक्त्तको नामराखेको छ त्यो कसैले खोजी गरेको देखिन्न । त्यो हटाएर यलम्बरचोक राख्न सकिन्छ ।  त्यहाँ राई नै मेयर भएर पनि केहि गरेको छैन बिजयपुरगढीको संरक्षण गर्न सकेको छैन । कतिलाई अनुरोध गरेँ कोही बोलेन कुन दिन अरूले मन्दिर बनाउछ अनि किरात इतिहास पनि सकिन्छ। सकेमा धरान बस्ने पुमाहरुले त्यो पनि कुरा उठान गर्नु होला।

अन्तमा हजुरहरु सबैले मेरो कुरालाई मनन गर्नु होला अनि हाम्रो जन्तेढुंगाको अध्यक्षज्यु सङ्ग कुरा राखेर सबैले साथ दिएर हाम्रो पुमाहरुको अस्तित्वको संरक्षण गर्नमा सहयोग गरिदिनु होला । तपाई हामीले गरेनौ भने पछि झनझन हराउदै जानेछ । त्यसैले सबै पुमा एक भएर यस्तो कामहरु गर्दै हाम्रो बिकास गर्नु पर्छ ।

धन्यवाद
बिनोद पुमा राई
युके

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ