किरात पुमा राई तुप्खाबाङ्‍खाला, केकास ललितपुरको उपाध्यक्ष श्री पविता पुमा राईको बुवा तथा पुमा राई समुदायको मुन्दुमी ङापोङ श्री मित्रमान पुमा राईको यहि मिति २०७९ पुष २० गते चौदण्डीगढी बेल्टार, उदयपुरमा ८३ वर्षको उमेरमा भएको दु:खद निधनबाट हामी अति मर्माहत भएका छौँ । यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय बुवाको आत्माले सुप्तुलुङ पितृ स्थानमा पुग्ने सहज बाटो पाउनुहोस् भन्ने सुम्निमा पारूहाङ लगायत सम्पूर्ण पितृ तथा मातृहरूसँग प्रार्थना गर्दछौँ । साथै बुवाप्रति हामी सबै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

श्री भुपेन्द्र पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, केकास ललितपुर तथा कार्य समिति परिवार

श्री गणेश पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, बेलायत तथा कार्य समिति परिवार

श्री मानबहादुर पुमा राई, अध्यक्ष, किरात पुमा राई चीर स्थायी कोष, बेलायत तथा कार्य समिति परिवार

श्री पेङगुइन पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, हङकङ तथा कार्य समिति परिवार

श्री सजन पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, जिकास सुनसरी तथा कार्य समिति परिवार

श्री सम्झना पुमा राई, कावा अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, जिकास खोटाङ तथा कार्य समिति परिवार

श्री अमर पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, जिकास उदयपुर तथा कार्य समिति परिवार

श्री सारदन पुमा राई, संयोजक, रकोङ थाकलोक, सिंगापुर तथा समिति परिवार