जन्तेढुङ्गा गाउँपालिकाको प्रथम जननिर्वाचित गाउँ कार्यपालिका पूर्व अध्यक्ष तथा पुमा राई भाषा संरक्षण र सम्वर्द्धनमा पालिकाको तर्फबाट अहम् भूमिका खेल्नु भएका आदरनीय श्री शंखरबहादुर राई मिति २०७९ भाद्र २ गते सवारी साधन दुर्घटनामा परी घाइते हुनुभइ न्युरो अस्पताल, विराटनगरमा उपचाररत रहनु भएकोमा मिति २०७९/०७/०७ गते निज निवास बेल्टारमा भएको दुःखद निधनले हामी अति मर्माहत भएका छौँ । उहाँको निधनले समग्र पुमा राई समुदायलाई सामाजिक तथा राजनीतिक क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ । पुमा मुन्दुम अनुसार उहाँको मृतात्माले सोनाखिम रुपाखिममा पुग्ने सहज बाटो र ठाउँ पाओस् । हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना छ ।

 

अध्यक्ष, भुपेन्द्र पुमा राई

तथा
किरात पुमा राई तुप्खाबाङ्खाला, केकास, ललितपुर ।