पुमा राई भाषा, संस्कार, संकृति, मुन्दुम, भेष भुषा, पोशाक, साहित्य, कला, संगित र पुमा राईहरुको जीवन सैली सम्बन्धी पुमा, नेपाली र अंग्रेजी भाषाका बिभिन्न सामाग्रीहरु समेटेर बि. स. २०६४ तथा सन् २००७ साल देखि प्रकाशन भईरहेको पुमा राईहरुको एक मात्र मुखपत्र बुङवाफोप पत्रिकाको नियमित र निरन्तर प्रकाशनको लागि वेलायतमा रहनु भएका पुमा राईहरुबाट स्थापित दिर्घ कालिन अक्षय कोष हो । यसको प्रमुख अभियन्ता ब्रिटिश गोर्खा सेनाका अवकाश प्राप्त भुतपुर्ब गोर्खा क्याप्टेन मानबहादुर पुमा राई हुनु हुन्छ । उहाँकै सोच, अवधारणा पत्रलाई किरात पुमा राई तुप्खाबाङखाला वेलायतले स्विकार गरी यस कोषको स्थापना सन् २०१२ तदनुसार बि. सं. २०६९ सालमा स्थापना गरिएको हो ।
प्रारम्भमा वेलायतका निवासी पुमा राईहरुबाट आर्थिक संकलन अभियान थालनी गरिएको थियो र हाल पनि प्राय जसो त्यहाँका पुमा राईहरुबाटै आर्थिक स्रोत थप भईरहेको छ । हाल सम्म यस कोषमा जम्मा २५ (पच्चिस) कोष सहयोग रकम दाताहरुबाट जम्मा रु १,०००,०००.०० (दश लाख) भन्दा बढी सहयोग रकम प्राप्त भई सकेको छ । यस कोषले स्थापना काल देखि अर्ध बार्षिक बुङवाफोप पत्रिका प्रकाशनको निम्ति बर्षमा २ पटक रकम उप्लब्ध गराउदै आएको छ । यस कोषको ब्याजबाट आर्धबार्षिक बुङवाफोप पत्रिका प्रकाशनको लागि प्रेस छपाई खर्च बापत प्रति अंक २५ हजार रकम उपलब्ध गर्ने गरिछ । बि. सं. २०७८ सालको उभौली (बैशाख) अंक देखि बुङवाफोप पत्रिकाको कार्यकारी सम्पादकलाई संचार तथा यातायात खर्च बापत प्रति अंक एकमुष्ट रुपैयाँ ५,०००.०० (पाँच हजार) उप्लब्ध गराउने निर्णय समेत भएको छ । स्थापना काल देखि हाल सम्म यो कोषले बुङवाफोप पत्रिकाहरु प्रकाशन गर्नको निम्ति जम्मा रकम रु १५१,०००.०० (एक लाख एकाउन्न हजार) उपलब्ध गराई सकेको छ । जानकारीको निम्ति यो कोषको ८०% ब्याज रकम मात्र बुङवाफोप पत्रिका प्रकाशनको निम्ति रकम खर्च गरिन्छ र बाँकी २०% ब्याज रकम पुन मुलधनमा मिलाई मुद्दती खातामा लगानी गरिन्छ । यस कोषको मुलधन कहिले पनि खर्च गरिदैन तसर्थ प्रत्येक बर्ष यसको रकम बढ्दै जानेछ ।
यो किरात पुमा राई चीर स्थायी कोषको स्थापना गरिए पछि यस कोषलाई बैधानिक रुपमा चुस्त दुरुस्त तरिकाले संचालन गर्नको निम्ति कोष नियमावली पनि तर्जुमा गरिएको छ । सन् २०१२ देखि सन २०१९ सम्म यस कोषको ब्यवस्थपन समितिमा अध्यक्ष स्वर्गिय भुपराज पुमा राई, उपाध्यक्ष भुत पुर्ब क्याप्टेन मानबहादुर पुमा राई, सचिव भुत पुर्ब मेजर भुपजित राई, नेपालको लागि कोषाध्यक्ष श्री अगम शेर पुमा राई, वेलायतको कोषाध्यक्ष श्री मेनुका पुमा राई तथा सदस्य श्री शिवधन पुमा राई रहनु भएको थियो । त्यसै गरि सन् २०१९ देखि हाल सम्म यस कोषको ब्यवस्थापन समितिमा अध्यक्ष भुत पुर्ब क्याप्टेन मानबहादुर पुमा राई, उपाध्यक्ष श्री शिवधन राई, सचिव भुत पुर्ब मेजर भुपजित राई, नेपालको लागि कोषाध्यक्ष श्री अगम शेर पुमा राई, वेलायतको कोषाध्यक्ष श्री मेनुका पुमा राई तथा सदस्य श्री गणेश पुमा राई रहनु भएको छ ।
यो कोषले सहयोग रकम दाताहरुलाई उहाँहरुले प्रदान गर्नु भएको रकम अनुसार स्वर्ण, रजत, कास्य प्रमाण पत्रहरु गर्ने प्रदान गर्दछ । यो कोषको उद्देश्यहरु अनुसार बिशेष गरि बुङवाफोप पत्रिकको प्रकशन साथै अन्य बिषयमा पनि प्रयोग गर्न सकिने भएको हुनाले यो कोषको धनराशी अझ बढाउदै लगिने र रु ५,०००,०००.०० (पचास लाख) पुर्याउने योजना छ । तसर्थ सम्पूर्ण किरात पुमा राई दाजु भाई तथा दिदी बहिनीहरुलाई कोषको निम्ति सहयोग रकम प्रदान गरि यस पवित्र योजनामा सम्माहित हुनको निम्ति कोष संचालन समिती हार्दिक अनुरोध गर्दछ । यहाँहरुलाई यस कोषको बारेमा अझ बढी जान्न र बुझ्न चाहानु हुन्च हुन्छ भने यहि पुमा राई वेब साईटमा कोषको नियमावली पढ्न सक्नु हुनेछ । अन्त्यमा, यहाँहरु सहयोग रकम प्रदान गर्न चाहानु हुन्छ भने वा यस कोषको बरेमा केहि बुझ्न चाहानु हुन्छ भने संचालन समितिका ब्यक्तिहरु संग सम्म्पर्क गर्न सक्नु हुनेछ ।
मेजर (रि) भुपजित राई
वेलायत
०१ जनवरी २०२२