, परिचय

हाम्रो देश नेपालमा धेरै जाति, भाषा र धर्म भएको सर्बविदितै छ l ति मध्ये राई जाति एक हो l राई भित्र पनि धेरै भाषीहरू रहेका छन्, जसमध्ये एक रकोङ्ग भाषी पुमा हो l अध्ययनकर्ताको भनाई अनुसार- “रकोङ्ग भाषा अत्यन्तै थोरै जनाले बोल्ने र लोप हुँदै गई रहेको भाषा हो l यदि यसको संरक्षण नगर्ने हो भने ४०/५० बर्षमा यो लोप भई सक्छ l” इतिहासको बिभिन्न काल खण्ड पार गरेर आधुनिक युगमा आई पुगेको यो समुदायको संरक्षण र चौतर्फी विकासको लागि केही बर्ष अगाडि “किरात पुमा राई तुप्खाबाङ्खाला” स्थापना भएर जोडतोडका साथ काम गर्दै आईरहेको छ l यसै गरी “गरौं अनि गराऔं” भन्दै देश भित्र र देश बाहिर काम गर्ने युवाहरू मिलेर “कुरा हैन, काम गर्दै” समुदायबाट दक्ष जनशक्ति निर्माण गर्ने अठोटको साथ यो समूहको निर्माण गरिएको छ l

२. समुहको नाम- 

रकोङ्ग थाक्लोक

३. समुहको लक्ष्य-

दक्ष जान शक्ति निर्माण

४. समुहको कर्तव्य-

युवा वर्गलाई शिक्षामा अभिरूची बढाई सरकारी सेवामा प्रबेश गराउने र प्रबेस भएकोलाई उच्चतम तहमा पुग्न साथ सहयोग गर्नु हो l

५. समुहको सदस्यता-

५.१. संस्थापक सदस्य “व्यवस्थापन”-

समुहको स्थापना कालमा नेपालको सरकारी तथा गैर सरकारी सेवाको अधिकृत वा सो-सरहको तहमा कार्यरत, आफ्नो विवेक र समय खर्च गरेर समुहमा आबध्द हुने व्यक्ति यस समुहको संस्थापक सदस्य “व्यवस्थापन” हुनेछ l

५.२. संस्थापक सदस्य “अर्थ” –

समुहको स्थापनाकालमा $५०० (सिंगापुर डलर पाँच सय) समुहलाई योगदान गरी समुहमा आबध्द हुने व्यक्ति यस समुहको संस्थापक सदस्य “अर्थ” हुनेछ l

५.३. सदस्य –

समुहको सहयोग बाट अधिकृत वा सो-सरहको तहमा लाग्न सफल हुने व्यक्ति $१०० (सिंगापुर डलर एक सय) शुल्क सहित अनिबार्य सदस्य बन्ने प्राबधान छ l

५.४. आजीवन सदस्य –

समुहको निर्णायक बोर्डको स्वीकृतिमा S$१०० ( सिंगापुर डलर एक सय) शुल्क सहित यस समुहको सदस्य आजीवन सदस्य बन्न सक्ने प्राबधान छ l

५.५. सह-संस्थापक सदस्य:-

समुहको निर्णायक बोर्डको स्वीकृतिमा $५०० (सिंगापुर डलर पाँच सय) शुल्क सहित यस समुहको सदस्य सह-संस्थापक सदस्य बन्न सक्ने प्रावधान छ l

५.६. साधारण सदस्य –

समुहको निर्णायक बोर्डको स्वीकृतिमा $१०० (सिंगापुर डलर एक सय) शुल्क सहित यस समुहलाई सम्मान गर्ने जो कोहि पनि साधारण सदस्य बन्न सक्ने प्राबधान छ l

६. समुहको निर्णय-

ब्याबस्थापन बोर्डको सिफारिस अनुसार लगानी बोर्डमा छलफल भएर ग्यारेन्टी बस्ने सदस्य तोकी अन्तिम निर्णय गरिने छ l यदि लगानी क्षमता भन्दा बढी क्यान्डीडेट भएको अवस्थामा निर्णायक बोर्डले छनौट गर्नु पर्ने हुन्छ l

-छनौट गर्दा ध्यान दिनु पर्ने कुराहरू:-

६.१. सम्भाव्यता-

सम्भाव्यता धेरै भएको क्यान्डीडेटलाई प्रथामिकता दिइनेछ l

६.२. उमेर-

यदि पुनः कोसिस गर्न उमेरले हद काट्ने अवस्था छ भने, त्यस्तो व्यक्तिलाई मौका दिइनेछ l
६.३. आर्थिक अवस्था-

आर्थिक अवस्था कम्जोर भएकोलाई प्रथामिकता दिइनेछ l

६.४. लिङ्ग-

महिलालाई प्राथमिकता दिइनेछ l

७. क्षेत्र-

बेग्ला बेग्लै घर, गाउँ, क्षेत्र को क्यान्डीडेटलाई प्रथामिकता दिइनेछ l

*नोट: लगानी बोर्ड बाट ग्यारेन्टी पाएको व्यक्ति मात्र यस समुहको लगानी क्षेत्र भित्र पर्दछ l

८. समुहको सुबिधाहरू-
८.१. जुन सुकै तह वा क्षेत्रको तयारी पुस्तक उपलब्ध गराउने l
८.२. अधिकृत वा सो-सरहको तहको लागि तयारी कक्षा गराउने l
८.३. समुहले सकेको सबै खालको सहयोग गर्ने l
८.४. अधिकृत वा सो-सरहको तहमा प्रवेश भइ सकेकाले Follow Up गर्ने l

९. समुहको सदस्यहरूको काम, कर्तब्य र अधिकार-
९.१. सस्थापक सदस्य ‘ब्यवस्थापन’ र आजीवन सदस्य-
( i ) उम्मेदवार पत्ता लगाउने,
( ii ) उम्मेदवारको सहि छानबिन गर्ने,
( iii ) उम्मेदवार को फलोअप गर्ने,
( iv ) उम्मेदवार अयोग्य ठहरिए निजको निबेदन रद्द गर्ने,
( v ) उम्मेदवारको ग्यारेन्टी बस्ने वा आफ्नो ग्यारेन्टीमा लगानी बोर्डको सदस्यलाई ग्यारेन्टी बस्न आग्रह गर्ने र
( vi ) समुहको निर्णय अनुचित लागे कारण सहित अविश्वास जाहेर गर्ने, इत्यादि l
९.२. सस्थापक सदस्य अर्थ र सह-सस्थापक सदस्य अर्थ-
( i ) उम्मेदवार को ग्यारेन्टी बस्ने,
( ii ) लगानी जोखिमको लेखा जोखा गर्ने,
( iii ) उम्मेदवार माथि विश्वास नलागेमा ग्यारेन्टी नबस्ने र,
( iv ) समुहको निर्णय अनुचित लागे कारण सहित अविस्वास जाहेर गर्ने, इत्यादि l
९.३. सदस्य र साधरण सदस्य –
( i ) उम्मेदवार पत्ता लगाउने,
( ii ) सही उम्मेदवारको छानबिन गर्ने,
( iii ) व्यवस्थापन बोर्ड तथा लगानी बोर्डमा क्यान्डीडेटको सिफारिस गर्ने र,
( iv ) समुहप्रति सधै बफादार रहनुपर्ने हुन्छl

१०. समुहको सामान्य नियम-
१०.१. समुहको संस्थापक सदस्य ‘ व्यवस्थापन ‘ “ व्यवस्थापन बोर्ड” हुने छ l
१०.२. समुहको संस्थापक सदस्य ‘अर्थ’ “लगानी बोर्ड” हुने छ l
१०.३. व्यवस्थापन बोर्ड र लगानी बोर्ड “निर्णायक बोर्ड” हुने छ l
१०.४. समुहको सुबिधा पाउन ब्याबस्थापन बोर्डमा निबेदन दिनु पर्ने हुन्छ l
१०.५. निवेदक माथि व्यवस्थापक बोर्डले छानबिन गर्ने छ l
१०.८. समुहको सम्पूर्ण लगानी तोकिएको समय सीमा भित्र फिर्ता गर्नुपर्ने हुन्छ l
( i ) तयारी किताब- परीक्षा सकिए पछि l
( ii ) आर्थिक लगानी- परीक्षाफल प्रकाशित पछि

( a ) असफल भए चार महिना भित्र, र

( b ) सफल भए तालिम सकिए पछि l
( iii ) Follow up खर्च तालिम सकिए पछि l
१०.९. आर्थिक लगानी गर्दा सिधै उम्मेदवार लाई नभई ब्यवस्थापन बोर्ड मार्फत गरिने छ ।

१०.१०. आर्थिक लगानीको सिफारिस गर्दा ब्यवस्थापन बोर्डले फलो अप सदस्य तयार गरेको हुनु पर्दछ l
१०.११. समुहको हरेक वर्ष प्रतिबेदन तयार गरी, भएको कामको लेखा जोखा गर्नु पर्ने हुन्छ l

१०.१२. समुहको सबै नियम तथा प्रक्रियाहरू समय र परिस्थिति अनुसार निर्णायक बोर्डको दुई तिहाईले बार्षिक प्रतिबेदन पछि फेरबदल गर्न सक्ने छ l

१०.१३. समुहको हित बिपरित वा नियम उल्लङ्गघन गर्नेलाइ निर्णायक बोर्डले सजाय तोक्ने छ l

 

“भनाई र अर्थ”

-गरौ अनि गराऔं- आफु नगरी बस्ने अरुलाई गर है भन्ने प्रवृत्तिलाई छाडेर पहिला आफै गर्ने अनि मात्र अरुलाई गर है भन्ने या गराउने अठोट हो l
-“कुरा हैन काम गर्दै”- बिशेष गरेर हाम्रो नेपाली समाजमा काम भन्दा कुरा बेसी गरिने गरिन्छ l यस समुहले कुरा हैन, काम गर्ने भन्ने धारणा लिएको हो l
-“रकोङ् थाक्लोक”- ‘रकोङ्’ पुमाराई र ‘थाक्लोक’ भ-याङ्ग हो l

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ